एमाले संसदीय दल मेचीनगद्वारा नगर सभा बहिस्कार
मेचीनगर । मेचीनगर नगरपालिकाको जारी नगर सभा एमाले संसदीय दलले बहिस्कार गरेको छ । शुक्रबार मेचीनगर–१३ का वडाध्यक्ष कृष्ण सिग्देल र स्थानीय अर्जन थेवे विच भएको घटनाको विषयलाई लिएर नेकपा संसदीय दलले नगरसभा बहिस्कार गरेको हो ।
शुक्रबार दिउसो चारआली चोक पूर्व ढलको निकासको लागि जेसीवी लिएर निर्माणस्थल पुगेका वडाध्यक्ष सिग्देल माथी स्थानिय थेवे लगायतले हातपात गरेको एमाले संसदीय दलले आरोप लगाउको छ । मेचीनगरमा जारी नगरसभामा आइतवार यस बिषयले प्रवेश पाएसँगै नगर सभा स्थागित भएको छ ।
एमाले संसदीय दल मेचीनगरले नगर सभा सुरु हुनुपूर्व जनप्रतिनिधि माथि बिकास निमार्णको सिलसिलामा भएको घटना तथा ज्याजती बिरुद्ध नगरपालिकाको ध्यानाकर्षण हुनपर्ने र नगर सभामा प्रस्तुत हुने बिषय कार्यपालिका बैठकको निर्णय विनानै ल्याउन खोजिएको जनाउदैं नगर सभा बहिस्कार गरेको बताइएको छ ।
एमाले संसदीय दल मेचीनगरको तर्फबाट मेचीनगर–११ का बडाध्यक्ष सन्तोष मेचे, मेचीनगर–१४ का बडाध्यक्ष शंकर पोखरेल, कार्यापालिका सदस्य निरु परियारलागायतले बिषय उठान गरेका थिए । ‘वडाध्यक्ष घटना’ बिषयमा नगरपालिकाको तर्फबाट घटनाको भर्सना गर्दे आवश्यक कानुनी कार्बाहीका लागि नगरपालिकाले जिम्मेवारी लिनुपर्ने माग राखेको थियो । संसदीय दल मेचीनगरले उठान गरेका बिषय माथि छलफल हुन नसकेपछि नगर सभा बहिस्कार गरिएको थियो ।
तर, नगरपालिका घटनाको सम्बन्धमा कुनै ठोस निर्णय नलिने भएपछि नगर सभा बहिस्कार गरिएको एमाले संसदीय दल मेचीनगरका उपनेता टिकाराम मंग्रातीले बताए । मंग्रातीले भने– ‘जनप्रतिनिधि माथि भएको आक्रमण निन्दनीय छ । नगरपालिकाको बिकास निमार्णको सिलसिलमा आक्रमण गरिएको हुदा नगरपालिका जिम्मेवार बन्नुपर्छ ।’
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
