पूर्वेली समाज जापानले मेची अस्पताल दियो ५० थान पीपीई
मेचीनगर । कोभिड १९ को महामारीलाई नियन्त्रण र रोकथाम गर्ने उद्घेश्यले पूर्वेली सेवा समाज जापानले मेची प्रादेशिक अस्पताल भद्रपुरलाई ५० पसि पीपीई सेट प्रदान गरेको छ । कोरोनाविरुद्धको लडाइँमा सहयोग पुर्याउनका लागि समाजले उक्त परिमाणको पीपीई सेट अस्पताललाई उपलब्ध गराएको समाजका संयोजक भुषण दाहालले जानकारी दिए ।
शुक्रबार अस्पताल परिसरमा आयोजित संक्षिप्त कार्यक्रममा समाजको प्रतिनिधित्व गदैं मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल र निमित्त मेसु टंकप्रसाद बाराकोटीलाई उक्त सामाग्री प्रदान गरे ।
विपतका बखत संस्थाले झापावासीका लागि देखाएको सदासहायताप्रति अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले धन्यवाद ज्ञापन गरेका थिए ।
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...

