ढुंगागिटी काण्डमा मेचीनगर चुक्यो : राजनीतिक दल

मेचीनगर । मेचीनगरका क्रियाशील प्रमुख राजनीतिक दलहरुले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सन्दर्भमा मेचीनगर नगरपालिका असफल भएको टिप्पणी गरेका छन् ।
नदीजन्य पदार्थ उत्खनन् र विक्री वितरणमा अधिकार दुरुपयोग गर्दै अनियमित ढंगले नदी दोहन गरेको, रसिद प्रयोग गरी भ्रष्टाचार गरेकोलगायतका गलत गतिविधि हेर्दा मेचीनगर बदनाम भएको दलहरुको ठहर छ ।
शुक्रवार पाँचवटा राजनीतिक दलहरुले संयुक्तरुपमा ज्ञापनपत्र मेचीनगर प्रमुख विमल आचार्यलाई बुझाउँदै ढुंगागिटी काण्डको निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्न माग पनि गरेका छन् ।
नेकपा एमालेका नगर अध्यक्ष राजु पोखरेल, नेपाली काँग्रेसका क्षेत्रीय सभापति मणिकुमार उप्रेती, नेकपा माओवादी केन्द्रका मेचीनगर संयोजक पुष्प गुरागाईं, जनता समाजवादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ र राप्रपा मेचीनगर अध्यक्ष सबिना बजगाईंले हस्ताक्षर गरेको ज्ञापनपत्रमा भ्रष्टाचारीलाई उन्मुक्ति दिने खेल भएको उल्लेख गरिएको छ ।
अनियमतिताको विषयमा नगर आफूले नसकेको भन्दै अख्तियार गुहार्न पुगेको तर कसले गर्यो भनेर सावर्जनिक गर्न नसक्नु केले रोकेको भन्दै प्रश्न गरिएको छ ।
नेकपा एमालेका राजु पोखरेलले ढुंगागिटी काण्डको निष्पक्ष छानविन गरेर सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । उनले जोसुकै दोषी ठहरिए पनि कारवाहीको दायरामा ल्याउन आफ्नो पार्टीले सहयोग गर्ने बताए ।
यस्तै, काँग्रेसका मणिकुमार उप्रेतीले ज्ञापनपत्रमा उठाइएका विषयलाई गम्भीरतापूर्वक लिएर काम कारवाही अघि बढाउन सुझाव दिए । नेकपा माओवादी केन्द्रका पुष्प गुरागाईंले चुरे दोहन रोक्न नगरपालिकाले ध्यान दिनुपर्ने बताए ।
यस्तै, जसपाका ओमप्रकाश खापुङले नदीजन्य पदार्थ उत्खनन् कार्यमा नगरपालिकाले गलत गरेको बताए । उनले मापदण्डभन्दा विपरीत उत्खनन् कार्य हुँदासमेत घटनालाई सामान्य रुपमा लिएकोमा आपत्ति जनाए ।

मेचीनगर । झापाको मेचीनगर नगरपालिका र सुनसरीको इटहरी...

मेचीनगर । स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले...

मेचीनगर । मेचीनगर नगरपालिका भित्रका विद्यालयमा मंगलबार र...

झापा । झापाको काँकरभिट्टास्थित मेची भन्सार नाकामा आज स्थानीय...

मेचीनगर । कोशी प्रदेश सभा सदस्य गोपाल विश्वकर्माले...

धुलाबारी । नेपाल पूर्व प्रहरी संगठन मेचीनगर अध्यक्षमा...