संक्रमितको घर-घरमा हल्दिबारीका जनप्रतिनिधि र स्वास्थ्यकर्मी
झापा । झापाको हल्दिबारी गाउँपालिका एक नमुना गाउँपालिका हो। येस गाउँपालिका भित्र गाउँपालिका उपाध्यक्षको पहलमा विभिन्न शिर्षकमा बजेट लाउन सफल भइ थुप्रै योजनाहरु अगाडि बढी रहेका छन।
निषेधाज्ञा र कोरोना संक्रमण बिच पनि बिकास निर्माणको कार्य तिव्रगतिमा अगाडि बढी रहेको छ ।यश विष्यम परिस्थितिमा जनप्रतिनिधि र स्वास्थ्यकर्मी संक्रमित हरु को घर आगान मा पुग्ने , फोन गरेर स्वास्थ्य अवस्था बुझ्ने जस्ता कार्य निरन्तर भइरहेका छन। कोरोना संक्रमितको घरघरमा औषधी र पोष्टिक आहार लिएर जनप्रतिनिधि र स्वास्थ्यकर्मी पुगेका छन।झापा को दक्षिणि भेगमा रहेको हल्दीबारी गाउँ मा कार्यपालिकाको जेठ-५ को निर्णय वमोजिम गाउँपालिका क्षेत्रमा कोरोना भाइरसको संक्रमणसंग लडिरहेका व्यक्तिहरुलाई औषधि र पोषिलो खानेकुराको प्याकेज वितरण भइरहेको छ ।

कोरोना संक्रमित जनता को घर घर मा पुगेर जनप्रतिनिधि , स्वास्थ्यकर्मीहरु ले हौसला बढाउन लाई चना,किसमिस, हाडे बदाम, काजु, डावर च्यावनप्रास, छोकडा, बदाम , हनि र औषधि लिएर संक्रमितको घर पुगेको गाउँपालिका का प्रवक्ता सागर पोर्तेल ले जानकारी दिनु भएको छ । हल्दिबारीमा पिसिआर र एनटिजेन चेक अफ पनि निशुल्क भइ रहेको छ । कहिले घुम्ती कार्यक्रम आयोजना गरेर त कहिले स्वास्थ्य चौकि हरु मा स्वाव संकलन भइरहेको र स्वास्थ्यकर्मीहरु सक्रिय साथ उपचार हेरचाह मा लागेको स्वास्थशाखा प्रमुख पुष्कर निरौला ले बताउनु भएको छ ।

हल्दिबारी गाउँपालिका मा जम्मा २९ जना जनप्रतिनिधि निर्वाचित भएका हुन ।जसमा १८ जना नेकपा एमाले , ६ जना राप्रपा ,४ जना माओवादी र १ जना कांग्रेस बाट निर्वाचित भएका छन।
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
