होलीबेल मावि मेचीनगरका प्रिन्सिपल अणु प्रधानको निधन
मेचीनगर । मेचीनगर–९, धुलावारीस्थित होलीबेल अग्रेजी माविका प्रिन्सिपल अणु प्रधानको निधन भएको छ ।
मृगौला प्रत्यारोपणका लागि भारतमा उपचाररत ६० वर्षीय प्रधानको मंगलबार विहान १० बजे निधन भएको विद्यालयका सहायक इन्चार्ज सुरज कार्कीले जानकारी दिए ।
करिब एक बर्षअघिदेखि दुबै मृगौला खराब भएपछि उनी मृगौलाको नियमित डायलासिस गराउँदै आइरहेका थिए । भारतको नयाँ दिल्ली अस्पतालमा उपचार गराइ रहँदा कोरोना जोखिम र संक्रमण अनियन्त्रत भएपछि अस्पतालले उपचारका लागि कलकत्ता रेफर गरेको थियो ।
कलकत्तामा रहेर उपचार गराउने क्रममा ४ हप्ता अघि उनमा कोरोनाको संक्रमणसमेत पुष्टि भएको बताइएको छ । तर, ७ दिनअघि उनी कोरोना संक्रमणमुक्त भएका थिए । सामान्य अवस्थाकै बीच मंगलबार विहान अचानक हृदयघातको समस्या भई उनको निधन भएको खबर आएको कार्कीले जानकारी दिए ।
प्रधानको अहिले कलकत्तामै दाहसंस्कार गर्ने तयारी भइरहेको जनाइएको छ । उनका श्रीमती, एक छोरा र दुई छोरीहरु रहेका छन् । मेचीनगर–९, धुलावारी सिरान अवस्थित होलीबेल अंग्रेजी मावि मेचीनगरकै उत्कृष्ट विद्यालय मध्ये एक हो । प्रधान विद्यालयका संस्थापक प्रिन्सिपल थिए ।
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
