मेचीनगर–१४ का एक जना पुरुषको कोरोनाबाट मृत्यु
मेचीनगर, १० जेठ । मेचीनगर–१४ स्थित कलमवाडीका एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
४२ वर्षीय उनको सोमबार विहान १० वजे बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको मेचीनगर नगरपालिकाका काभिड संयोजक नबिन बरालले बताए ।
ज्वरो र खोकीले सताएपछि ७ दिनअघि बिर्तासिटी अस्पतालमा उपचारका लागि लगिएको मेचीनगर–१४ का वडाध्यक्ष शंकर पोखरेलले बताए । सोहि अस्पतालमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
उनका श्रीमती, एकजना छोरा र एउटी छोरी छन् । उनको आज दिउसो स्थानीय हडिया खोलामा नेपाली सेनाको व्यवस्थापनमा दाहसंस्कार गरिने वडाध्यक्ष पोखरेलले जानकारी दिए ।
योसँगै मेचीनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
