युवाको सक्रियतामा मेचीनगरमा ‘कोभिड हेल्प डेक्स’
मेचीनगर । झापाको मेचीनगरमा युवाको सक्रियतामा मेचीनगरमा ‘कोभिड हेल्प डेक्स’ सञ्चालन भइरहेको छ । कोरोना भाइरसका कारण जनजविन अस्तव्यस्त बनिरहेका बेला मेचीनगरका बिभिन्न स्थानमा ‘कोभिड हेल्प डेक्स’ स्थापना भएको हो ।

मेचीनगरमा क्रियाशिल बिभिन्न सामाजिक संघसंस्थाहरुको समन्वयमा ‘युथ नेटवर्क फर कोभिड रेसपोन्ज’ नामक अभियानले ‘कोभिड हेल्प डेक्स’ सञ्चालन गरेको हो । मेचीनगरको धाइजन चोक, लालपानी, दनवार वस्ती, खयरडाँगी चर्च नजिक, शान्ति चोक, धुलावारी स्वास्थ्य चोकी, प्रगती टोल, धुलावारी बजार सिरानलगायत ८ स्थानमा ‘कोभिड हेल्प डेक्स’ १५ दिन देखी सञ्चालन गरिएको छ । अभियानमा अहिले २४ जना युवाहरु सक्रियपुर्वक सहभागी रहेका छन् ।

हेल्पडेस्कबाट निःशुल्क मास्क, सैनिटाइजर र बिशेषज्ञ डक्टर र स्वास्थकर्मीहरुबाट परामर्शको सेवा उपलब्ध छ । साथै, बिभिन्न जनचेतनामुलक पोस्टर स्वास्थमा सजकता ल्याउने सन्देशमुलक सामग्रीहरु पनि टासीएका छन ।
‘कोरोना संक्रमणको दर वद्दो अबस्थामा रहेकाले छ ।’ अभियनकर्ता धुलाबारी फुटसल एरेनाका संचालक अभिषेक बिष्टका भन्छन–‘मेचीनगरमै आइसुलेसन सञ्चालन गर्ने हाम्रो योजना रहेको छ ।’



मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...


