मेचीनगर–७ का वडाध्यक्ष चन्दन मेचेको मृत्यु
मेचीनगर । मेचीनगर–७ का वडाध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोनाको नयाँ भेरियन्टको संक्रमणका कारण ५१ वर्षीय वडाध्यक्ष मेचेको बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा आज दिउसो १२ वजे मृत्यु भएको हो ।
उनको सोहि अस्पतालमा वैशाख २८ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उपचारकै क्रममा उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । उनको एक हप्तादेखि आईसियु सहितको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो ।
उपचारकै क्रममा दिउसो १२ वजे मृत्यु भएको मेचीनगरपालिकाका कोभिड संयोजक नबिन बरालले बताए ।
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...
बाहुनडाँगी । मेचीनगर नगरपालिकाले नगरका १७ वटा सामुदायिक...


