बाबा कृपा परिवार बिर्तामोडले वितरण गर्यो राहत सामाग्री
बिर्तामोड । कोभिड १९ को कारण मुलुक लकडाउनमा गएको पनि करिब तीन हप्ता पुगेको छ । बिश्व स्वास्थ संगठनले तेस्रो भेरियन्टको संक्रमण फैलदै गएको तथ्यांक सार्वजनिक गरेसंगै नेपालमा पनि जनजीवन थप कष्टकर बन्दैछ।
यस्तो जटिल समयमा अर्जुनधारा नगरपालिका वार्ड न. ११ का अति बिपन्न परिवार जस्को बिहान बेलुका हात मुख जोड्न समेत लकडाउन भएको छ त्यस्तो परिवारलाई एक कार्यक्रमका बीच बाबा कृपा परिवार बिर्तामोड-५ ले राहत सामाग्री वितरण गरेको छ।
भौतिक दुरी तथा स्वास्थ सुरक्षा मापदण्ड पालन गरी नेकपा एमाले अर्जुनधारा ११ का वार्ड अध्यक्ष कमल संग्रौलाको अध्यक्षता तथा झापा २(२) का प्रदेश माननीय वृख बहादुर प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न संक्षिप्त कार्यक्रममा वार्डका अति विपन्न परिवारलाई ६० हजार मूल्य बराबरको राहत सामाग्री वितरण गरिएको हो।
दैनिक गाँसको निम्ति चामल, तेल, दाल, नुन, मटर मरमसला, बिस्कुट,साबुन लगायतको खाध तथा सरसफाइ सामाग्री वितरण उक्त कार्यक्रममा बोल्दै प्रधानले यो परिस्थितिमा मानव सेवामा समर्पित भएर राहत सामग्री उपलब्ध गराउने बाबा कृपा परिवारले शिवालय मन्दिर प्राङ्गणमा आयोजित राहत वितरण कार्यक्रम मन्दिर जस्तै पबित्र कार्य भएकाले दाताहरुलाई धन्यवाद प्रदान गरे ।
कार्यक्रममा एमालेका टेकबहादुर भट्टराई, प्रेमप्रसाद रिमाल नेपाली काङ्ग्रेसबाट भानुप्रकाश चापागाईं माओवादी केन्द्रबाट चन्द्र प्रसाद सुवेदीको उपस्थिति रहेको थियो ।
अर्जुनधारा -११ का ३० घर परिवारलाई राहत प्रदान गर्दै बाबा कृपा परिवार बिर्तामोड-५ का सदस्य निरज वंशलले यो परिस्थितिमा दिनदुखिलाई सेवा गर्नु नै बाबा कृपाको मुल धर्म भएको बताए । राहात सामाग्री हस्तान्तरण तथा वितरण कार्यक्रमका संचालन लवकुश गौतमले गरेका थिए ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
