प्रेस क्लब मेचीनगरले सञ्चारमाध्यमहरुमा मास्क वितरण
मेचीनगर । प्रेस क्लब मेचीनगरले बुधबार नगरभित्रबाट सञ्चालनमा आएका सवै सञ्चार माध्यम र सञ्चार गृहमा पुगेर सम्पादक प्रकाशकहरुसँग भेटी कोभिड १९ को बखत सञ्चार माध्यम र सञ्चारकर्मीको अवस्थाका बारेमा जानकारी लिएको छ । अहिलेको विषम परिस्थितीमा नगरबाट प्रकाशन प्रशारण हुने सञ्चारमाध्यमहरुको अवस्था दयनिय रहेकाले मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझालाई भेटेर ती सञ्चारमाध्यमहरुलाई लोककल्याणकारी विज्ञापन वापतको रकम उपलब्ध गराईदिन क्लबले आग्रह गरेको थियो ।

क्लबका निवर्तमान अध्यक्ष मुक्ति पौडेलले स्थानीय सरकारलाई मापदण्ड पुगेका सवै सञ्चारमाध्यमहरुलाई रकम उपलब्ध गराईदिन आग्रह गरेको क्लबका सचिव जिआर धितालले जानकारी दिए ।
क्लबको आग्रहप्रति नगरपालिका सकरात्मक रहेको र प्रक्रिया पुर्याएर रकम उपलब्ध गराउने आश्वसन नगरप्रमुख आचार्यले दिए । उपप्रमुख मीना पोखरेल उप्रेतीले आगामी आर्थिक वर्षबाट नगरबाट बाट प्रकाशन प्रशारण हुने सञ्चारमाध्यमहरुका लागि वार्षिकरुपमा बजेट विनियोजन गर्ने विचार राखिन् । नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य एवम् झापा शाखाका पूर्व अध्यक्ष मोहन काजी न्यौपानेलगायतले यस्तो परिस्थितीमा सञ्चारमाध्यमका बारेमा विचार गर्न स्थानीय सरकारलाई आग्रह गरेका थिए ।

नगरभित्रबाट प्रकाशन प्रशारण हुने सञ्चारमाध्यमहरुमा मास्क वितरण गरेको छ । नगरभित्रबाट प्रकाशन प्रशारण हुने दैनिक पत्रिका, साप्ताहि पत्रिका, अनलाईन खवर र रेडियोहरुमा पुगेर क्लबले सर्जिकल र अन्य मास्कको तुलनामा निक्कै गुणस्तरीय थ्री वी ओ ५५ र ५२ वटाको दरले मास्क वितरण गरेको उपाध्यक्ष शिशिर चौलागाईँले जानकारी दिए ।
उहाँका अनुसार लोकतन्त्र दैनिकका सम्पादक मोहन काजी, जन—संसद् दैनिकका सम्पादक मुक्ति पौडेल, सेतोपत्र अनलाईनका सम्पादक ज्ञानेन्द्र निरौला, चौतारी पोस्टका सम्पादक जी एन शर्मा, एफएम मेची ट्यून्सका प्रवन्ध निर्देशक प्रज्वल घिमिरे, मेरो मेचीनगर अनलाइनका प्रवन्ध निर्देशक सुजन प्रधान, खवरमञ्च अनलाइनका प्रकाशक/सम्पादक प्रकाश पौडेल, छड्के अनुसन्धान साप्ताहिक, रेडियो सरगम र रेडियो साथीका प्रतिनिधिहरुलाई क्लबका अध्यक्ष लक्ष्मी उप्रेती, उपाध्यक्ष शिशिर चौलागाईँ सचिव जिआर धितालसहितको टोलीले सर्जिकल र थ्री वी ओ ५५ र ५२ वटाको दरले मास्क वितरण गरेको हो ।

यसैगरी रातो पोस्ट दैनिकका प्रकाश सम्पादक दिलीप थापा, मेची आवाज साप्ताहिका प्रकाश सम्पादक डम्वर वराल, हाम्रो खवरपाटी अनलाइनका सञ्चालक , प्रधान सम्पादक युवराज आचार्यलाई क्लबका निवर्तमान अध्यक्ष मुक्ति पौडेल, पुर्व अध्यक्ष ज्ञानेन्द्र निरौला, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य एवम् झापा शाखाका पूर्व अध्यक्ष मोहन काजी न्यौपानेले मास्क प्रदान गरेका थिए । यसैगरी, पत्रकारहरु राजु अधिकारी, सन्तोष आचार्य र पर्वत पोर्तेलको घर घरमा पुगेर उनिहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिदैं मास्क प्रदान गरेको सचिव धितालले जानकारी दिए । विर्तामोड राउण्ड टेवल शाखा २७ र मेची अभियानसँगको सहकार्य र सहयोगमा क्लबले मास्क वितरण गरेको क्लबले जनाएको छ ।
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
