बालमैत्री अस्पताल निर्माणका लागि शिक्षा संचार मञ्चको पहल
झापा । कोरोना महामारीबाट बालबालिकालाई बचाउनका लागि विशेष ध्यान दिन बालबालिका तथा शिक्षा संचार मञ्च नेपालले जिल्ला प्रसासन कार्यलय झापाको ध्यानाकर्षण गराएको छ ।
मञ्चले भर्चुअल माध्यमबाट मंगलबार आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना समक्ष बाल बचाउका लागि विशेष पहलकदमी लिन आग्रह गरिएको हो ।
मञ्चको आयोजनामा सम्पन्न बालमैत्री कोभिड अस्पताल तथा आईसोलेसन ब्यवस्थापन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष सरोज पौडेलले महामारीमा बालबालिका बचाउन स्थानीय तहहरु गम्भीर हुनुपर्नेमा जोड दिए ।
उनले हालको अवस्थामा संक्रमित ब्यक्तिले एम्बुलेन्स तथा उपचार नपाएको गुनासो बढ्न थालेकोले बालबालिका झन् जोखिममा रहेको तर्फ सचेत पनि गराएका थिए । त्यसका लागि आवश्यक सहयोग र सहजीकरण गर्न बालबालिका तथा शिक्षा संचार मञ्च तयार रहेको उनको भनाई थियो ।
कार्यक्रममा प्रादेशिक संचार प्रतिष्ठानका सदस्य एवम् साझामञ्च डटकमका सम्पादक गोपाल काफ्ले, प्याब्सन झापाका अध्यक्ष एल पी उप्रेती, एन प्याब्सन कोषध्यक्ष मोहन आचार्य, नेल्टा झापाका उपाध्यक्ष केशव मैनाली, मञ्चका सदस्य उमानाथ भण्डारी, पत्रकारहरु अच्युत सुवेदी, हरि बराललगायतले आ आफ्नो धारणा राखेका थिए ।
अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले बालबालिकाप्रति स्थानीय सरकार अझ गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याएका थिए । उनीहरुले बाल मनोविैज्ञान बुझेर कोरोना संक्रमणबाट बचाउन सबैले आ–आफ्नो तर्फबाट भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।
सो कार्यक्रममा सहभागी झापाका प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बालमैत्री कोभिड अस्पताल संचालन गर्न तत्काल सम्भव नभएपनि आउँदा दिनहरुमा आउनसक्ने यस्तै खाले महामारीका लागि आजैदेखि योजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाए । हालको अवस्थामा संक्रमित बालबालिकाहरुको उचित उपचारका लागि कुनै कसर बाँकी नराखिने पनि तिम्सिनाले विश्वास दिलाएका छन्।
हाल झापामा २ हजार ९०२ जना सकृय संक्रमित रहेकोमा २३४ जना १८ वर्षभन्दा कम उमेरका बालबालिका रहेको प्रजिअ तिमिल्सिनाले जानकारी दिए । ती मध्ये १३ जना बालबालिका विभिन्न अस्पतालमा उपचाररत रहेको र बाँकी होम आईसोलेसनमा रहेको उनले बताए ।
मञ्चका अध्यक्ष सरोज पौडेलको अध्यक्षता रहेको कार्यक्रमको सहजीकरण सृजन घिमिरेले गरेका थिए ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...