पत्रकार अम्बिका भण्डारीलाई पितृशोक
मेचीनगर । पत्रकार अम्बिका भण्डारीलाई पितृशोक परेको छ ।
लोकतन्त्र पोस्टकी अनलाइन सम्पादक, राष्ट्रिय समाचार समिति (रासस) झापाकी प्रमुख, प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य र नारी सञ्चार गृह झापाकी निवर्तमान अध्यक्ष भण्डारीका पिता लोकबहादुर भण्डारीको आज विहान ७ स् ३० बजेतिर इलाममा निधन भएको हो ।
इलामको माङ्सेबुङ गाउँपालिका वडा नं. १ तोभाङ निवासी ९५ वर्षीय भण्डारीको निजी निवासमै निधन भएको हो ।
बुढ्यौलीका कारण दुई दशकदेखि घरदेखि टाढा हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका भण्डारीको शरीरमा कुनै रोग थिएन । तर, दुई महिना अघि घरमै लड्दा दाहिने खुट्टाको कम्मरमुनिको जोर्नी खुस्किएको थियो ।
स्व. भण्डारीका ५ जना छोरा र ९ जना छोरी गरी १४ सन्तान छन् । ज्वाइँहरुमध्ये दुई जना मोहन काजी र मुक्ति पौडेल पत्रकार रहेका छन् । काजी लोकतन्त्र पोस्टका संस्थापक सम्पादक हुन् भने पौडेल जनसंसद् दैनिकका प्रधान सम्पादक हुन् ।
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...
झापा । रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि...


