पत्रकार अम्बिका भण्डारीलाई पितृशोक

मेचीनगर । पत्रकार अम्बिका भण्डारीलाई पितृशोक परेको छ ।
लोकतन्त्र पोस्टकी अनलाइन सम्पादक, राष्ट्रिय समाचार समिति (रासस) झापाकी प्रमुख, प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य र नारी सञ्चार गृह झापाकी निवर्तमान अध्यक्ष भण्डारीका पिता लोकबहादुर भण्डारीको आज विहान ७ स् ३० बजेतिर इलाममा निधन भएको हो ।
इलामको माङ्सेबुङ गाउँपालिका वडा नं. १ तोभाङ निवासी ९५ वर्षीय भण्डारीको निजी निवासमै निधन भएको हो ।
बुढ्यौलीका कारण दुई दशकदेखि घरदेखि टाढा हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका भण्डारीको शरीरमा कुनै रोग थिएन । तर, दुई महिना अघि घरमै लड्दा दाहिने खुट्टाको कम्मरमुनिको जोर्नी खुस्किएको थियो ।
स्व. भण्डारीका ५ जना छोरा र ९ जना छोरी गरी १४ सन्तान छन् । ज्वाइँहरुमध्ये दुई जना मोहन काजी र मुक्ति पौडेल पत्रकार रहेका छन् । काजी लोकतन्त्र पोस्टका संस्थापक सम्पादक हुन् भने पौडेल जनसंसद् दैनिकका प्रधान सम्पादक हुन् ।

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको युवा परिसद अध्यक्षमा कृष्ण...

मेचीनगर । बाहुण्डाँगीमा कवि नवराज पराजुलीको एकल कविता...

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले राजस्व परामर्श सम्बन्धि...

मेचीनगर । मेचीनगरमा सामाजिक सुरक्षा भत्ता मंगलबारदेखि पाउने भएका...

मेचीनगर । धुलाबारीको इस्ट होराइजन माविमा विना पाठ्यपुस्तक...

मेचीनगर । आज विहान काँकरभिट्टादेखि भारतको एनजेपी गएको नेपाल...

बुद्धशान्ति । भ्रष्टाचारका विषयमा सामाजिक सञ्जालमा लेखेका एक...