औषधि बोकेर संक्रमितको घर–घरमा बडाध्यक्ष धिमाल
सहरेडाँगी । झापाको मेचीनगर नगरपालिका बडा नम्वर १२ का वडा अध्यक्ष नरेन्द्र धिमालले वडा भित्र होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको घर–घरमा पुग्न थालेका छन् । कोरोना संक्रमण भएका बेला आबश्यक पर्ने औषधी लिएर वडा अध्यक्ष धिमाल संक्रमितको घर–घरमा पुग्न थालेका हुन् ।

मेचीनगर–१२ मा हाल १३ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । उनीहरुलाई आवश्यक पर्ने चिकित्सक औषधि परामर्श दिन थालिएको वडा अध्यक्ष धिमालले बताए । पहिलो चरण अन्तरगत संक्रमितलाई आबश्यक पर्ने चिकित्सक औषधि बितरणका साथसाथै परामर्श दिन थालिएको उनले बताए ।

यो अभियान अन्तरगत कोरोना संक्रमितको मनोबल थप उच्च हुनेमा आफु बिश्वस्त रहेको उनले बताए । संक्रमितको अबस्था हेरी थप सहयोग गरिने उनले बताए । टोलीमा मेचीनगर–१२ की फोकस पर्सन तथा स्वास्थ्यकर्मी सृजना अधिकारीलगायतको सहभागीता रहेको वडा अध्यक्ष धिमालले बताए ।
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
