मेचीनगर भित्रका विद्यालय वैशाखभर बन्द गर्न नगरपालिकको निर्देशन
झापा । मेचीनगरपालिकाले नगरभित्रका विद्यालयहरुलाई वैशाखभर प्रत्यक्ष सिकाइ स्थगित गर्न निर्देशन गरेको छ । आज नगरपालिकामा बसेको संस्थागत तथा सामुदायिक विद्यालयहरुको छलफलले वैशाख मसान्तसम्म प्रत्यक्ष सिकाइ स्थगित गर्ने निर्णय गरेको हो ।
सरकारले सोमबार कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै सहरी क्षत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको थियो । सोहि निर्देशन अनुसार मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होनाथ भण्डारीले मंगलबार सूचना जारी गरी पठनपाठन बन्द गर्न निर्देशन गरेका हुन् ।
शिक्षकका पेशागत संस्था, निजी विद्यालयका प्रतिनिधिहरुसँग भएको छलफलबाट मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन गर्न नगरभित्रका संस्थागत तथा सामुदायिक विद्यालयहरुमा २०७८ वैशाख मसान्तसम्म प्रत्यक्ष सिकाइ स्थगित गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड अपनाई वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण गर्न सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै सूचनामा २०७७ सालको वार्षिक परीक्षा गर्ने व्यवस्थाका लागि पाठयवस्तुको सहजीकरण सञ्चालन गर्न र कक्षा ८ र १० वाहेकका परीक्षाका लगि तयारी अवस्थामा रहन सरोकारवाला सबैलाई अनुरोध गरिएको छ ।
सरकारको निर्णय अनुसार झापाको काँकरभिट्टा, बिर्तामोड र दमक सहित काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, बिराटनगर, इटहरी, धरान, बीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुुर, नेपालगंज, धनगढी, भीमदत्त नगरजस्ता सहर र सदरमुकाममा भौतिकरुपमा उपस्थित नभई शैक्षिक गतिविधि २०७८ वैशाख मसान्तसम्म भर्चुअल रुपमा सञ्चालन गर्नुपर्नेछ
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...