पत्रकार महासंघ झापाको अध्यक्षमा तीन जनाको उम्मेद्वारी दर्ता


झापा । नेपाल पत्रकार महासंघ झापाको चैत २५ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा झापामा तीन जनाको उम्मेद्वारी परेको छ । एकराज गिरी, तीर्थ सिग्देल र विशाल नेम्वाङको अध्यक्षमा उम्मेदवारी परेको हो ।
अध्यक्ष पदका लागि प्रेस चौतारी (ओली समूह) बाट नेम्वाङ,  प्रेस चौतारी (नेपाल समूह) बाट सिग्देल  प्रेस युनियनबाट एकराज गिरीको उम्मेदवारी परेको हो । त्यस्तै खुल्ला उपाध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको छ ।

जसमा नेपाल प्रेस युनियन नेतृत्वको समूहबाट केशव भट्टराई, प्रेस चौतारी (ओली समूह)बाट गोपाल झापाली, प्रेस चौतारी (नेपाल समूह) बाट मुक्ति पौडेल र (ओली समूह) कै बागी उम्मेदवारका रुपमा हिमालचन्द्र खरेलको उम्मेदवारी परेको छ । त्यस्तै महिला उपाध्यक्षमा एक पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । जिल्ला उपाध्यक्षमा प्रेस युनियनकी सुशीला संग्रौला र प्रेस चौतारी ९ओली समूह०की सावित्रा दाहालको उम्मेदवारी छ । सचिव पदमा तीन जनाको उम्मेदवारी परेको छ ।

नेपाल प्रेस युनियनको समूहबाट प्रेस संगठनका डिकेश लामा, प्रेस चौतारी ९ नेपाल समूह० बाट सुव्रत न्यौपाने र प्रेस संगठनकै बागी उम्मेदवारका रुपमा प्रेमकुमार आचार्यको उम्मेदवारी परेको छ । सहसचिव खुल्ला सदस्यमा प्रेस युनियनको नेतृत्व समूहबाट प्रेस संगठनका राजु पाठक र प्रेस चौतारी ओली समूहका बिनोद सापकोटाको उम्मेदवारी छ ।

समावेशी सहसचिवमा एक पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । जसमा प्रेस युनियनका अर्जुन राजवंशी, प्रेस संगठनका पार्थ मण्डल र प्रेस नेपालका देशराज नेम्वाङको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । युनियनकै तर्फबाट मिडिया नेपालका रञ्जीत प्रसाई र प्रेस चौतारी ओली समूहका रमेश तिवारीको उम्मेदवारी रहेकोछ । त्यस्तै दलित सदस्यमा रञ्जीत परियार, नरेश खाती, किशोर उपरकोटीको उम्मेदवारी परेको छ भने जनजाति सदस्यमा सेसेहाङ फियाक र राजन साम्पाङको उम्मेदवारी परेको छ । खुल्ला सदस्यहरुमा रामप्रसाद निरौला, सुनिरा मैनाली, अनिल वाग्ले, भूमिराज पराजुली, सृजन घिमिरे, अच्युतराज सुवेदी, देवीप्रसाद गौतम, द्रोण अधिकारी, सुष्मा राजवंशी, चिरञ्जीवी घिमिरेको उम्मेदवारी परेको छ ।

त्यस्तै विष्णुप्रसाद पौडेल, मनिषा चम्लागाँई, होमप्रकाश अधिकारी, डम्वर बराल, बिनोद पाण्डे, सुदीप अधिकारी, शिशिर चम्लागाई,  तिलक तामाङ योञ्जन, जशोदा राजवंशीले पनि खुल्ला सदस्यमा उम्मेदवारी दिएका छन् । प्रदेश परिषद् सदस्यमा ईश्वर अधिकारी, उमानाथ भण्डारी, सागर गौतम, राजकुमार ओली, रोहित काफ्ले, राजु पौडेल, डिल्लीराम घोर्साई, तुलसीप्रसाद निरौला, वेणुप्रसाद अधिकारी, उत्तम नेपाल, टीकाराम उप्रेतीले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी केन्द्रीय परिषद् सदस्य महिलामा अम्विका भण्डारी, रेजिना गौतम, भीमाकुमार शिवाकोटीले उम्मेदवारी दिएका छन् । त्यस्तै केन्द्रीय परिषद् सदस्यमा डण्डीराज घिमिरे९ विवेक०, चेतन अधिकारी, गोपाल काफ्ले, ज्ञानेन्द्र निरौला, कृष्ण हुमागाँई र लक्ष्मण ढकालले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।