काँकरभिट्टा खानेपानी अध्यक्षमा राजकुमार पराजुली निर्वाचित


काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइसंस्थाको अध्यक्षमा राजकुमार पराजुली विजयी भएका छन् । अध्यक्षमा पराजुुली निर्वाचित भएको निर्वाचन समितिले भर्खरै घोषणा गरेको छ । साझा प्यानलका पराजुलीले १ हजार ५ सय ९२ मत प्राप्त गरेका थिए ।

पराजुलीका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक प्यानलका हर्कबहादर फ्याकले १ हजार ५ सय ४ मत प्राप्त गरे । त्यस्तै अध्यक्ष पदका उम्मेद्वार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका लिलानाथ आङ्दम्बेले २ सय ७ मत प्राप्त गरे ।

उपाध्यक्षमा साझा प्यानलकै गोविन्द गिरी विजयी भएका छन् । गिरीले १ हजार ४ सय ४१ मत प्राप्त गरे । लोकतान्त्रिक प्यानलकी रिमादेवी खरेलले ९ सय मत प्राप्त गर्दा स्वतन्त्र उम्मेद्वार कृष्ण सुवेदीले ४ सय ४८ मत प्राप्त गरे । उपाध्यक्षमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजु चेम्जोङले २ सय ८२ मत प्राप्त गरे ।

अध्यक्ष र उपाध्यक्ष दुबै पद गुमाएको लोकतान्त्रिक प्यानलले सचिव र कोषाध्यक्षमा जीत हासिल गरेको छ । सचिवमा दिलिपजंग सुब्बा विजयी हुँदा कोषाध्यक्षमा मिनाकुमारी कटुवाल जित हासिल गरिन् ।

सुब्बाले १ हजार ४ सय १५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी साझा प्यानलका चन्द्रप्रसाद निरौलाले १ हजार ३ सय ३५ मत प्राप्त गरे । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका चन्द्रकुमार राईले ४ सय १९ मत प्राप्त गरे ।

कोषाध्यक्षमा कटुवालले १ हजार ४ सय ९२ मत प्राप्त गर्दा साझाकी हेमा सिटौलाले १ हजार २ सय ५३ मत प्राप्त गरिन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भवानी महतले २ सय ८४ मत प्राप्त गरे । कार्य समिति सदस्यतर्फ सन्तुलित परिणाम आएको छ । जसमा ५ पदमा ३ मा साझा र २ मा लोकतान्त्रिक प्यानल विजयी भएको छ ।

महिला सदस्यतर्फ २ पदमा साझा प्यानल र लोकतान्त्रिक प्यानलका १र१ जना उम्मेद्वार विजयी भएका छन् । लोकतान्त्रिक प्यानलकी पार्वती खड्काले १ हजार ५ सय ६० मत प्राप्त गर्दा साझा प्यानलकी दुर्गादेवी भेटवालले १ हजार ४ सय १० मत प्राप्त गरेकी छिन् ।

खड्काकी प्रतिद्वन्दी साझा प्यानलकी मिनमाया लिम्बूले १ हजार १ सय १५ मत प्राप्त गर्दा भेटवालकी प्रतिद्वन्दी लोकतान्त्रिक प्यानलकी जोस्ना राजवंशीले १ हजार ३ सय ९१ मत प्राप्त गरिन् ।

यसै गरि खुला सदस्यतर्फ वडा नम्बर ५ सम्म लोकतान्त्रिक प्यानलका केदारजंग भट्टराई विजयी भएका छन् । उनले १ हजार ४ सय ९९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी साझा प्यानलका रबीन राउतले १ हजार ३९१ मत प्राप्त गरे ।

वडा नम्बर ६ मा साझा प्यानलका प्रितम काफ्ले विजयी भएका छन् । काफ्लेले १ हजार ५ सय ९७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी लोकतान्त्रिक प्यानलका शेरबहादुर थापाले ९ सय ३२ मत प्राप्त गरे ।

यस्तै वडा नम्बर ७ र ८ बाट साझा प्यानलका नारायण काफ्ले विजयी भए । काफ्लेले १ हजार ३ सय ५३ मत प्राप्त गर्दा लोकतान्त्रिक प्यानलका भवानीविक्रम तुम्बापोले ४ सय ५७ मत प्राप्त गर्दै पराजित भए ।

लेखा समिति संयोजकमा साझाका जीवनकुमार थापा विजयी भए । थापाले १ हजार ५ सय २३ मत प्राप्त गर्दा लोकतान्त्रिकका कृष्ण कट्टेलले १ हजार ३ सय ८४ मत प्राप्त गरे ।

खुला सदस्यमा लोकतान्त्रिकी इन्दिरा बुडाथोकी (अधिकारी) ले १ हजार ४ सय ५० मतका साथ विजयी हुँदा साझाका टोलबहादुर सुनारले १ हजार ३ सय ७४ मत प्राप्त गरे । महिला सदस्यमा लोकतान्त्रिकी मिरा कार्की विजयी भइन् । कार्कीले १ हजार ५ सय ८७ मत पाउँदा साझाकी सिता राईले १ हजार ३ सय ४९ मत प्राप्त गरिन् ।