नेपाल महासंघको प्रदेश प्रमुखमा शंकर थापा निर्वाचित
झापा । नेपाल खेलकुद महासंघको केन्द्रीय सचिवालय सदस्य तथा १ नं। प्रदेश प्रमुखमा झापाका शंकर थापा निर्वाचित भएका छन् ।
नेकपा एमाले निकट उक्त जनवर्गीय संगठनले शनिबार काठमाडौंको बानेश्वरमा आयोजना गरेको राष्ट्रिय भेलाले उनलाई सो जिम्मेवारी प्रदान गरेको हो ।
महासंघ केन्द्रको भेलाबाट निर्वाचित थापा झापा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत हुन् । सो भेलाले महासंघका संस्थापक अध्यक्ष समेत रहेका पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई पुनस् अध्यक्षमा निर्वाचित गरेको छ ।
त्यस्तै, उक्त भेलाबाट महासंघका संस्थापक प्रथम उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का निवर्तमान सदस्य सचिव केशवकुमार विष्ट पुनः प्रथम उपाध्यक्षमा निर्वाचित भएका छन् । सुनसरीका विष्टले महासंघको १ नं. प्रदेश इञ्चार्जको जिम्मेवारी पाएका छन् ।
त्यसैगरी, भेलाबाट केन्द्रीय सचिवालय सदस्य तथा १ नं। प्रदेशको सहइञ्चार्जमा रविन नगरकोटी निर्वाचित भए । मोरङका उनी पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्व अध्यक्ष हुन् ।
यस्तै, भेलाले केन्द्रीय सचिवालय सदस्य तथा झापा जिल्ला इञ्चार्जमा धर्मराज शिवाकोटी, केन्द्रीय सदस्य तथा झापा जिल्ला सह इञ्चार्जमा अर्जुन मेचे र केन्द्रीय सदस्यमा झापाका उमेश चौंलागाईंलाई निर्वाचित गरेको छ ।
भेलाले केन्द्रीय सदस्य तथा इलाम इञ्चार्जमा कुमारी राई, केन्द्रीय सदस्य तथा इलाम सहइञ्चार्जमा शिला श्रेष्ठ, केन्द्रीय सदस्य तथा पाँचथर इञ्चार्जमा सुरेश साहलाई निर्वाचित गरेको छ ।
सो भेलाबाट निर्वाचित महासंघका केन्द्रीय सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख स्वयम्भुराज डंगोलका अनुसार पुनर्गठित १८४ सदस्यीय केन्द्रीय कमिटीको कार्यकाल ४ वर्षे अवधिको हुनेछ । भेलाले सातैवटा प्रदेशका लागि महासंघको प्रमुख, इञ्चार्ज र सह इञ्चार्ज तोकेको छ ।
त्यसअघि शुक्रबार महासंघले ‘खेलकुद क्षेत्रमा लगानी बढाऔं, असल खेल संस्कृतिको विकास गरौं’ भन्ने मूल उद्घोषका साथ विशेष राष्ट्रिय भेला सम्पन्न गरेको थियो ।
काठमाडौंको कीर्तिपुरस्थित अडिटोरियम हलमा आयोजित उक्त भेलाको उद्घाटन सत्रमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल प्रमुख अतिथि थिए । त्यस्तै, बन्द सत्रको प्रमुख अतिथि पूर्व मन्त्री तथा नेकपा एमाले नेता गोकर्ण विष्ट प्रमुख अतिथि थिए ।
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले...
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा...
मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४...
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती...
मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर-२...
झापा । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले आठ करोड...