काँकरभिट्टा खानेपानी निर्वाचन : ४ हजार भन्दाबढी मत नखस्ने अनुमान
मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको मतदान भईरहेको छ । आज विहान ८ वजेदेखि सुरु मतदानमा अहिले दिउसो ४ वजेसम्ममा तीन हजार ५१३ उपभोक्ताहरुले मत खसालेका छन् । ५ वजे सम्पन्न हुने मतदानमा कुल ६३ सय मतदातामध्ये पाँच हजार २८७ ले मतदान गर्नेछन् ।
निर्वाचन समितिका अनुसार काँकरभिट्टा माविको परिसरमा ६ वटा वुथबाट २४ स्थानमा मतदान भईरहेको छ । मतदान सकिन अब एकघण्टा मात्र बाँकी छ । चार हजारभन्दा बढी मत नखस्ने अनुमान उम्मेद्वारहरुले गर्न थालेका छन् ।
निर्वाचन कर्मचारी केशव पोख्रेलले दिएको जानकारी अनुसार अपरान्ह ४ बजेसम्म ३ हजार ५१३ मत खसेको छ । अब कुल मतदाता मध्ये १ हजार ७४६ मत खस्न बाँकी देखिन्छ ।
विहान ८ बजेदेखि सुरु भएको मतदान बेलुुकी ५ बजेसम्म जारी रहने छ । एकघण्टा समय अवधि बाँकी रहँदा करीब ६७ प्रतिशत मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ ।
काँकरभिट्टा माविको खेल मैदान तथा मतदानस्थलमा आ–आफ्ना प्यानलका उम्मेद्वार, नेता तथा कार्यकर्ता, मतदाता, निर्वाचन कर्मचारी, पर्यवेक्षक, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको छ ।
मतदानस्थलमा मतदातासँग आफ्ना लागि भोट माग्न उम्मेद्वारहरु तछाडमछाड गरिरहेको देख्न सकिन्छ । अहिलेसम्म मतदान शान्तिपूर्णरुपमा भईरहेको निर्वाचन समितिका सदस्य केशव पोखरेलले बताए । उनले पनि ५ वजेसम्ममा ४ हजार भन्दाबढी मत नखस्ने अनुमान गरेका छन् ।
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...
बाहुनडाँगी । मेचीनगर नगरपालिकाले नगरका १७ वटा सामुदायिक...


