‘काँकरभिट्टा खानेपानी अब स्मार्ट खानेपानी’

काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्थाको आगामी चैत २१ गते हुने निर्वाचनका लागि दलहरुले प्यानल खडा गरी उम्मेद्वारी दर्ता गराएका छन् । नेकपा एमाले र राप्रपाको गठवन्धनमा राजकुमार पराजुली अध्यक्षको उम्मेद्वार छन् भने नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र जनता समाजबादी पार्टी मिलेर बनेको लोकतान्त्रीक प्यानलवाट हर्क फ्याक अध्यक्ष पदमा उम्मेद्वार रहेका छन् । यसैक्रममा अध्यक्षका उम्मेद्वार पराजुलीसँग खबरमञ्च साप्ताहिकका सम्पादक प्रकाश पौडेलले गरेको कुराकानी :

राजकुमार पाराजुली : अध्यक्ष पदका उम्मेद्वार (नेकपा एमाले/राप्रपा गठवन्धन)

काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्थाको आगामी चैत २१ गते हुने निर्वाचनका लागि दलहरुले प्यानल खडा गरी उम्मेद्वारी दर्ता गराएका छन् । नेकपा एमाले र राप्रपाको गठवन्धनमा राजकुमार पराजुली अध्यक्षको उम्मेद्वार छन् भने नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र जनता समाजबादी पार्टी मिलेर बनेको लोकतान्त्रीक प्यानलवाट हर्क फ्याक अध्यक्ष पदमा उम्मेद्वार रहेका छन् । यसैक्रममा अध्यक्षका उम्मेद्वार पराजुलीसँग खबरमञ्च साप्ताहिकका सम्पादक प्रकाश पौडेलले गरेको कुराकानी :

तपाईं काँकरभिट्टा खानेपानी संस्थाको निर्वाचनमा नेकपा एमाले र राप्रपा गठबन्धनको तर्फवाट अध्यक्ष पदको उम्मेद्वार बन्नुभएको छ । यसलाई कसरी लिनुभएको छ ?
हामी आज आधुनिक समाजमा बाँची रहेकाछौँ । हामीले प्रतिनिधित्व गर्ने संघसंस्थाहरुपनि आधुनिक हुन जरुरी छ । यसका लागि हामीले खानेपानीलाई स्मार्ट खानेपानी बनाउनु पर्ने हुन्छ । जसको प्रारम्भिक काम स्काडा लागु गरेर भइ रहेकोछ । यसलाई गन्तब्यसम्म पुर्याउन घर घरमा डिजिटल मिटरहरु पनि जडान गर्नु पर्ने जुन चाडै प्रारम्भ गर्नेछौँ । वेव साइडको निर्माण सम्पन्न गर्नेछौँ । यसै गरी हामीले वितरण गर्ने पानीको क्वालिटी छ यसको रेगुलेशनलाई थप प्रभावकारी बनाउनु छ । यसको जानकारी चाँडै हामीले बनाउने वेव साइटको प्रयोग गरी उपभोक्तालाई गराइनेछ । जनताका गुनासाहरु वेस साइटबाट नै संकलन गर्न सक्ने वातवारण बनाइनेछ । यसै गरी पानी उत्पादन र वितरण पक्षहरुलाई थप सुधार गरिनेछ । उत्पादनमा दिन दिनै समस्याहरु आइ रहेका छन् । किन पानीको स्रोत घटी रहेको छ ? र कसरी पानीको संरक्षण गर्ने भनेर जनतालाई प्रष्ट बुझाउँदै उहाँहरुको विश्वास सहित पानी जमिन मुनि जाने (च्भअजबचनभ कथकतझ) वातावरणमा म मेरो ध्यान केन्द्रित गर्नेछु । यिनै कामहरु गदै संस्थालाई उपभोक्ता मैत्री बनाउन पहल गर्न म उम्मेदवारी अध्यक्ष पदमा भएको हो । यसैगरी हामीले नेपालमा पाइलट प्रोजेक्टको रुपमा मानव मलमुत्रीय व्यवस्थापनको प्रशोधन केन्द् बनाएका छौँ । यसलाई सफल रुपमा सञ्चालन गर्दै यस क्षेत्रको वातावरणीय संरक्षणको कार्य गर्न पनि मेरो उम्मेदवारी भएको हो ।

संस्थामा अहिले चुनौतीहरु के–कस्ता रहेका छन् ?
हो, खानेपानी भन्ने वित्तिकै चुनौतिको थुप्रो हुने ठाउँ हो । खानेपानी मानिसको दैनिकीसँग जोडिएको छ । मानिसको जिवनसंग जोडिएको छ । यसको व्यवस्थापमा कमी कमजोरी हुँदा मानिसको जिवनमा प्रत्यक्ष असर पर्नेछ । यसमा हाम्रो व्यवस्थापकीय पाटो राम्रो छ, अझै राम्रो बनाउनु पर्नेछ । अव मुख्य समस्याहरु भनेको पानी उत्पादन, उत्पादित पानीको गुणस्तर र पाइपलाईनको संरक्षण, नगर विकास कोषको ठूलो रकम ऋण तिर्नुपर्ने छ । जब हामी समस्याहरु प्रष्ट दृष्टिकोणका साथ पहिल्याउन सफल हुन्छौँ समाधानहरु त्यति टाढा हुन्न ।

तपाईंको चुनावी एजेण्डा के–के हुन् ?
संस्थाले नगर विकास कोषको ठूलो ऋण रकम तिर्नु पर्नेछ । २०७१ सालदेखि जडान तथा पानी महशुल बृद्धि भएको छैन । जडान शुल्कका लागि कमजोर बर्गका लागी ठोस नीति बनाएर उपभोक्ताको गुनासो नहुने गरी कार्य गर्नेछु । पानीको स्रोतहरु सुक्दै गएका छन् । यसमा हामी गम्भिर मात्रै हैन चिन्तित पनि छौ । यस विषयमा व्यापक छलफल र विज्ञहरुसंग छलफल गरी ठोस कार्यनीति बनाएर मेरो नेतृत्वको टीम अगाडी बढ्नेछ । अहिलेसम्म उत्पादित पानीले वितरण गर्न पुगी रहेको छ । वातावरणीय प्रभावका कारण बोरिङबाट उत्पादन हुने पानीको मात्र घटी रहेकोछ । यसको व्यवस्थापन गुर्न पर्नेछ । भएका बोरिङहरुको रिह्याभ गर्नु पर्नेछ । र बजार सिस्टममा र सुरेन्द्र नगर सिस्टमा एक एक थान बोरिङ थप गर्नु पर्नेछ ।

तपाईंले आफ्नो प्रतिष्पर्धीलाई कसरी हेर्नुभएको छ ?
संस्थाको नेतृत्व सक्षम व्यक्तिले गर्नुपर्छ । म खानेपानीको बिभिन्न पदमा रहि बिगददेखी काम गर्दै आएको छु । मेरो खानेपानी संस्थामा राम्रो अनुभब बटुलेको छु । लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ । प्रतिष्पर्धी प्रति मेरो सम्मान छ ।

खानेपानीको दायीत्व नगरपालिकाले लिने कुरा आइरहेको छ ? यस बिषयमा तपाईको धारण के हो ?
नेपालको संविधान २०७२ ले खानेपानीलाई जनताको नैसर्गिक अधिकारको रुपमा राखेको छ । यसको व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी नगरपालिकालाई दिएको सत्य नै हो । हाम्रो मुख्य उद्देश्य भनेको यहाँका जनताले अपनत्व ग्रहण गर्दै सुरक्षित खानेपानी प्राप्त गर्न सकुन भन्ने लाग्छ । यो बिषयमा नगरपालिकाले अगाडि बढाएमा हाम्रा उपभोक्ताहरु, यस क्षेत्रका राजनीतिक दलहरु र यस संग सरोकार राख्नेहरुसंग व्यापक छलफल तथा परामर्श गरिनेछ । सबैको सुझाबाट निश्किने सही सुझाबलाई कार्यन्वयन गरिनेछ । किनकी यो विषय समग्र नगरपालिका भित्र भएका सबै खानेपानीको बिषयमा लागु हुनु पर्नेछ । सवल र सक्षम खानेपानीलाई मात्र नगरपालिकाले ध्यानदिएको हो भने त्यो जनता तथा राजनीतिक दलहरुले स्वीकार गर्नु हुन्न र त्यो बेला हामीले पनि जनतालाई साथ दिनु पर्ने हुन्छ । यो विषयमा हाम्रो भूमिका सिर्जनात्मक हुनेछ ।

अन्त्यमा केही छुट्यो की ?
म लामो समयदेखि खानेपानी संस्थामार्फत उपभोक्तासँग जोडिएकोछु । उहाँले मलाई माया गर्नु भएकोछ । हरेक पटक सबैभन्दा बढी मतले जिताउनु भएकोछ । म हरेक मतदाताको घरघरमा चुनाव उठछु वा उठदिन एकिन नहुदैँ पटक पटक पुगेकोछु । उहाँहरुको दुख सुखमा जोडिएको छु । व्यक्तिगत रुपमा हरेक मतदाता उपभोक्ताहरुलाई चिन्दछु । उहाँहरुले मेरो काम देख्नु भएकोछ, मलाई विश्वास गर्नु हुन्छ, म उहाँहरुको विश्वासलाई मेरो शक्तिको रुपमा लिन्छु र खानेपानी मार्फत उपभोक्ताहरुको सेवा गर्नेछु । यो मौका यसपाली अध्यक्षको रुपमा पाउनेमा म पूर्ण विश्वस्त छु ।

खबरमञ्च साप्ताहिकमा प्रकाशित अध्यक्षका उम्मेद्वार पराजुली र फ्याकसँगको अन्तरर्वार्ता