मिस टिन च्याम्पको उपाधि सारीका प्रसाईंलाई
झापा । झापा अर्जुनधाराकी सारीका प्रसाईंले मिस टिन च्याम्पको उपाधि जितेकी छन् । जोइन्ट ब्रर्दश इन्टरटेनमेन्ट एण्ड मिडिया कम्पनीको आयोजनामा झापाको बिर्तामोडमा शनिबार राती सम्पन्न प्रतियोगितामा सातजना प्रतिस्पर्धीलाई पछि पार्दै प्रसाईंले मिस टिन च्याम्पको ताज पहिरिएकी हुन् ।
मिस टिन च्याम्पको उपाधिसँगै प्रसाईंले मिस एथलेटिक्स र मिस टेलेन्टको उपाधि समेत हात पारिन् । त्यस्तै प्रतियोगिताको फस्ट रनरअप, मिस मल्टिमिडिया र वेष्ट वर्कको उपाधि काँकरभिट्टाकी ग्रेसी प्रधानले प्राप्त गरिन् भने सेकेण्ड रनरअप, भ्युवर च्वाइज र मिस फोटोजेनीको उपाधि काँकरभिट्टाकै रिकिसा श्रेष्ठले हात पारिन् ।
त्यसैगरी मिस वेष्ट पर्सनालिटी, अरगनाइर च्वाइज र बिउटी हुथ प्रपोज सदिक्षा खरेल, मिस इन्टलेक्चल र मिस कन्फिडेन्स सृष्टिका बुढाथोकी, मिस डिसिप्लेन अस्मिता अधिकारी, मिस फ्रेन्डली दिक्षा चापागाईं र मिस पङच्वलीटि आस्मा चापागाईं घोषित भएको इभेन्ट डाइरेक्टर प्रकाश निराकारले जानकारी दिए ।
उक्त प्रतियोगिताको निर्णायकहरुमा अमरसिंह ल्यायो मगर, लिला अनमोल, इन्द्रकमल खनाल र भूमिका दाहाल पोखरेल रहेका थिए । प्रतियोगितामा सुजित वंशलको स्पेशल, बबिता आचार्यको अफिसियल र एलिसा प्रसाईंको एसिटेन्ट कोरियोग्राफर रहेको थियो ।
कम्पनीका अध्यक्ष राजिव न्यौपानेको अध्यक्षतामा भएको फाइनल प्रतियोगिताको प्रमुख अतिथि सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराई रहेका थिए । कम्पनीका मेनेजिङ डाइरेक्टर अभिषेक श्रेष्ठले धन्यवाद मन्तव्य राखेका थिए भने डाइरेक्टर उत्सव भट्टराईले मन्तव्यबाट स्वागत गरेको फाइनल कार्यक्रमको सञ्चालन रेडियो आँगनका कार्यक्रम प्रस्तोता हरिकृष्ण भण्डारीले गरेका थिए ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
