फोहोरमैला व्यवस्थापन : मेचीनगर, विर्तामोड र भद्रपुरलाई १५ दिनभित्र हाजिर हुन आदेश

झापा । उच्च अदालतले झापाको सहरी फोहोेरमैला सम्बन्धी परेको रीटमा पहिलो सुनुवाई गर्दै मेचीनगर, विर्तामोड र भद्रपुर नगरपालिकालाई १५ दिनभित्र अदालतमा जवाफसहित हाजिर हुन आदेश दिएको छ ।
उच्च अदालत विराटनगरको इलाम इजलाशका न्यायाधीश विष्णुप्रसाद कोइरालाले सोमवार उक्त आदेश जारी गरेको रीट निवेदक होमनाथ प्रसाई जानकारी दिएका छन् ।
मेचीनगर वडा नं. ७ का प्रसाईले मेचीनगर, विर्तामोड र भद्रपुर नगरपालिकासहित प्रदेश नं. १ को उद्योग, पर्यटन तथा बन मन्त्रालयलाई विपक्षी बनाई सोमवार नै इलाममा रीट निवेदन दिएका थिए ।
अदालतले रीट निवेदकको माग बमोजिम परमादेश आदेश किन जारी नगर्ने भन्दै विपक्षीहरुलाई १५ दिनभित्र जवाफसहित अदालतमा हाजिर हुन आदेश गरेको निवेदकका तर्फबाट मुद्धाको बहस गरेकी अधिवक्ता हेमकला कट्टेलले बताइन् ।
मुद्धामा निवेदकका तर्फबाट कट्टेल र अर्का अधिवक्ता पदमबहादुर श्रेष्ठले बहस गरेका थिए । विषयवस्तुको सम्बेदनशीलतालाई दृष्टिगत गरी अदालतले मुद्धालाई अग्राधिकार दिने समेत आदेश सुनाएको छ ।
फोहोरमैला व्यवस्थापनमा नगरपालिकाले चरम लापरवाही गर्दै आएको विषयमा ध्यानाकर्षण गराउँदै मेचीनगर–७ का होमप्रसाद प्रसाई र भद्रपुर–९ का कमलप्रसाद राजबंशीले केही दिन अघि ती नगरपािलकामा माग पत्र दिएका थिए । मागपत्रलाई नगरपालिकाहरुले वेवास्ता गरेको माग पत्र बुझाउन आफै नगरपालिका धाएका राजबंशीले बताए ।

मेचीनगर । मेचीकृषक बहुमुखी सहकारी संस्थाले शनिबार पत्रकारसहित...

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सडकको जमिन अतिक्रमण...

मेचीनगर । लाल भागिरथा बानियाँ प्रतिष्ठानले आज एक...

झापा । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका...

मेचीनगर । झापाको धाईजनमोड छोरीबुहारी समूहले मेचीनगर-७ मा...

मेचीनगर । प्याब्सन मेचीनगरको बार्षिक सांस्कृतिक कार्यक्रम मंसिर...

मेचीनगर । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल मेचीनगरकै...