संयुक्त व्यावसायिक प्यानललाई बिजयी गराउन प्रसाईंको आग्रह
बिर्तामोड । बिर्तामोड उद्योग बाणिज्य संघको आगामी फागुन १६ गते हुने निर्वाचनमा संयुक्त व्यावसायि प्यानल तर्फका उम्मेद्बारहरुलाई अत्यधिक मतले बिजयी गराउन नेकपा बिर्तामोड नगर कमिटी अध्यक्ष ज्ञानुराम प्रसाईले आग्रह गरेका छन् ।लामो समय देखि नेपाली काङ्ग्रेस निकट उम्मेद्बारले नेतृत्व गर्दै आएको बिर्तामोड उद्योग बाणिज्य संघले व्यावसायिको पक्षमा सम्बोधन नगरेको र एकछत्र रुपमा व्यावसायिको भन्दा पनि पार्टीको अखडा बनेकोले बर्सौ देखिको बिरासत भत्काएर व्यावसायिको संस्था निर्माण गर्न सबै एकहुनु पर्ने बताए।
नेकपा भित्र केही समस्या देखिए पनि झापामा जनता र व्यावसायिको लागि एकता बद्द भएर चुनावी अभियानमा सहभागी हुन आम नेता कार्यकर्ता लाई आग्रह गरेका छन् । साथै उनले नेताकार्यकर्ता सिद्धान्त र बिचारलाई आत्मसात गर्दै समृद्धिको पक्षमा एकताबद्द भएर निर्वाचनको प्रचारप्रसारमा लाग्न आग्रह गरे । नेकपा र राप्रपा सहितको गठबन्धनले बाणिज्य संघको निर्वाचनमा एक भए पछि आम कार्यकर्ता उत्साहित भएका छन् ।
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...
मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...


