जोरसिमल खाजा घर : सय रुपैयाँमै ‘नन भेज’ खाजा सेट

मेचीनगर । खाजा खाने ग्राहकलाई लक्षित गरी मेचीनगरको इटाभट्टामा ‘जोरसिमल खाजा घर’ सञ्चालनमा आएको छ । सामाजिक अभियान्ताका रुपमा चिनिएका गणेशकुमार खरेलले होटल सञ्चालनमा ल्याएका हुन् । जोरसिमल हाइवेबाट करिब तीन सय मिटर उत्तरमा होटल अवस्थित छ ।
शान्त वातावरणमा सबै प्रकारका खाजाका परिकार होटलमा उपलब्ध रहेको सञ्चालक खरेलले बताए । उनका अनुसार सय रुपैयाँमा लोकल कुखुराको मासुसहितको खाजा सेट खान पाइनेछ । ‘खाजाको परिकार हामीले सस्तो र सजिलो गरी ग्राहकलाई उपलब्ध गराउने छौँ,’ उनले भने, ‘होटल घर पनि आफ्नै र आफै खट्ने भएकाले अरुतिर जस्तो यहाँ महँगो छैन ।’
होटल जोरसिमलमा खाजा सेटसहित पेयपदार्थ उपलब्ध छ । साथै, किराना सामानहरु विक्रीमा राखिएको छ । गाउँले परिकारको माग बढेसँगै जोरसिमल होटलले अर्गानिक खानेकुरा विक्रीमा राखेको छ । होटल सञ्चालनमा आएसँगै सस्तो खाजासेट तथा पेय पदार्थ खाने पारखीहरुको उक्त होटलमा जाने क्रम बढेको सञ्चालक खरेल बताउँछन् ।
विभिन्न सामाजिक क्षेत्रमा सक्रिय खरेल व्यवयाय क्षेत्रमा पनि हात हालेर ग्राहकको सेवामा समर्पित भएको बताउँछन् । उनले ग्राहकको सन्तुष्टि पहिलो सर्त भएको बताए । पछिल्लो समय मेचीनगरमा साना तथा ठूला प्रकृतिका होटल खुल्ने क्रम जारी छ ।

मेचीनगर । झापाको धाईजनमोड छोरीबुहारी समूहले मेचीनगर-७ मा...

मेचीनगर । प्याब्सन मेचीनगरको बार्षिक सांस्कृतिक कार्यक्रम मंसिर...

मेचीनगर । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल मेचीनगरकै...

मेचीनगर । मेचीनगरको निन्दा खोलामा छठ पूजाको सम्पूर्ण...

इटाभट्टा । झापा मेचीनगर–७ इटाभट्टामा नेपाल फर्निचर उद्योगको...

धुलाबारी । थ्रिडी युथ ग्रुप मेचीनगरको आयोजनामा कात्तिक...