पानीको सट्टामा आकाशबाट ढुंगाको वर्षा

झापा । आकाशबाट पानीको बर्षा भएको त हामी सबैलाई थाहा नै छ । तर अजकल पानीको सट्टामा आकाशबाट ढुंगा बर्षन थालेको छ । यो घटना हो झापा जिल्ला मेचीनगर- ११ स्तिथ गणेश बहादुर राईको घरको ।
करीब एक साता अगाडिबाट लगातार राईको घरमा ढुंगाको वर्षा हुन थालेको छ । छिनछिनका एकासी घरको छानाका ढुंगा प्रहार भएपछि उनका परिवार निकै चिन्तित् छन् । यो घटना सोहि घरमा एक बर्ष अगाडि पनि घटेको थियो । उनका अनुसार त्यो समयमा पनि एक हप्ता सम्म लगातार घरमा ढुंगा झर्न थालेपछि घर परिवार र स्थानीयबाट दशा बिग्रेको वा मषानले दुःख दिएको भन्ने कुरा आउन थालेर बिजुवा राखँे र घरमा चण्डि पाठ गराए पछि सो समस्या हटेको थियो ।
एक बर्ष अन्तरालमा फरी उक्त घटना दोह्रिएपछि स्थानीय समेत अचम्मीत भएका छन । स्थानीयवासी भन्छन, हावा बाट ढुंगा वर्षन थालेपछि हामी सबै अचम्मीत र आतङ्कित भएका छौँ, ढुंगा कहाँकाट आउछ देखिदैन एकासी घरको छाना हाने पश्चात आवाज सुनिन्छ अनि ढुंगा देखिन्छ ।
यो घटना घटन थालेपछि ढुंगा झरेको हेर्नेको भने लर्को लाग्न थालेको छ । यतिका धेरै ढुंगा प्रहार हुदा पनि हेर्न आउने मान्छे तथा परिवारका कुनै पनि सदस्यमा चोट पटक तथा हानि नोक्सानी भने भएको छैन । यस्तो हुनुमा संयोग मात्र नभएर कुनै शक्तिको प्रभाव पनि हुन सक्ने स्थानीयको आशंका रहेको छ ।

झापा । नेकपा (एमाले)का स्थाई कमिटी सदस्य अग्नी...

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा तीन महिने प्लाम्विङ...

मेचीनगर । मेचीनगर नगरपालिका प्रमुख गोपाल चन्द्र बुढाथोकीले...

मेचीनगर । मेचीनगरमा हात्तीको दिर्घकालिन समस्याको समाधानका लागि सांसदहरु,...

धुलाबारी । मेचीनगर भित्रका रहेका सबैखाले सञ्चारमाध्यामहरुको विकास...

नेपाल र भारतका अग्रणी क्यान्सर विशेषज्ञहरूले काठमाडौंमा...

नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईमाथि हातपातको प्रयास...