उपमेयरको गाडीमा आजगानीको प्रयास भएपछि नेकपाले जारी गर्यो विज्ञप्ती
मेचीनगर । बिहीबार झापाको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती चढेको मे.१.झ १७२ नम्बरको गाडी नेपाल विद्यार्थी संघले जलाउने प्रयास गरेको भन्दै नेकपा मेचीनगर नगर कमिटिले आज एक विज्ञप्ती जारी गरेको छ ।
‘गुण्डगर्दी शैलीमा उममेयर चढेको गाडी रोकेर तथानाम गाली गलोज गर्दै ज्यानै लिने उद्देश्यले पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरिएको घटनाको घोर निन्दा एवम् भर्त्सना गर्दछौं ।’ नगर अध्यक्ष माधव अर्यालले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ ।
तर बुधबार साँझ नेपाल विद्यार्थीसँगले एक विज्ञप्ती जारी गर्दै गाडी रोकतोक गरेको तर उपमेयर भनेजस्तो पेट्रोले छर्किने वा जलाउने प्रयास नगरिएको बताएको छ । मेचीनगर नगरपालिकाले पनि आज नै विज्ञप्ती जारी गरेको छ ।
उपमेरले हिजो सञ्चारमाध्यमसँग कूरा गर्दै गाडी जलाउन खोज्ने दुई युवाले आफुहरु नेपाल विद्यार्थी संघको कार्यकर्ता भएको बताएको र बाटो छेकेर गाडीको चक्कामा पेट्रोल छर्किएको बताएकी थिइन् ।
यस्तो छ नेकपाले जारी गरेको विज्ञप्ती ।

मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...
झापा । रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि...


