मेचीनगरका मेयर कोरोनामुक्त, घर फर्किन अझै एक हप्ता लाग्नसक्ने

झापा । मेचीनगरका प्रमुख विमल आचार्य कोरोनामुक्त भएका छन् । भारतको सिलिगुढीस्थित किन्स हस्पिटलमा उपचार गराइरहेका आचार्यको आज पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।
गत असोज २८ गते मेची प्रादेशिक अस्पतालको कनकाई प्रयोगशालामा स्वाव परीक्षण गर्दा उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । केही दिन होम आइसोलेसनमा बसेका उनी स्वास्थ्य खराब बन्दै गएपछि कार्तिक ४ गते उपचारका लागि विराटनगरको नोबेल हस्पिटल भर्ना भएका थिए ।
त्यहाँ समेत उनको स्वास्थ्यमा भनेजस्तो सुधार आन सकेन । त्यसपछि उनलाई कार्तिक ११ गते सिलिगुढी लगियो । फोक्सोमा संक्रमण समेत देखिएका नगरप्रमुख आचार्य लामो समयदेखि मधुमेहका विरामी थिए । सिलिगुढीमा उनको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको नगरपालिकाका प्रेस सल्लाहकार लक्ष्मी उप्रेतीले जनाएका छन् ।
सल्लाहकार उप्रेतीले नगरप्रमुख आचार्यको स्वास्थ्यमा क्रमिक रुपमा भइरहेको सुधारका बारेमा फेसबुकमार्फत जानकारी दिदै आएका छन् ।
उप्रेतीका अनुसार आचार्य अझै एक साता सिलिगुढीको हस्पिटलमै रहेर पूर्ण स्वास्थ्यलाभ गर्नेछन् ।

मेचीनगर । मेचीकृषक बहुमुखी सहकारी संस्थाले शनिबार पत्रकारसहित...

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सडकको जमिन अतिक्रमण...

मेचीनगर । लाल भागिरथा बानियाँ प्रतिष्ठानले आज एक...

झापा । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका...

मेचीनगर । झापाको धाईजनमोड छोरीबुहारी समूहले मेचीनगर-७ मा...

मेचीनगर । प्याब्सन मेचीनगरको बार्षिक सांस्कृतिक कार्यक्रम मंसिर...

मेचीनगर । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल मेचीनगरकै...