सुरक्षित दशैंको शुभकामना
विश्वव्यापी महामारी कोरोनाको कहरबीच यसपालीको दशैँ हाम्रो घर आँगनमा भित्रिएको छ । विभिन्न कारणले परिवारबाट टाढा बस्नु परेकाहरुलाई दशैँले परिवारजन र आफन्तहरुबीच मिलनको अवसर प्रदान गर्छ । तर, कोरोना महामारीले गर्दा परिवार बाहेक बसेर मनाउन सक्ने अवस्था छैन ।
ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिएर मङ्गल कामना गर्ने प्रचलन दशैँको सबैभन्दा महत्वपूर्ण सांस्कृतिक पक्षलाई मध्यनजर गर्दै सुरक्षित तरिकाले यसपाली हामीले पर्व मनाउनु पर्छ । सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनुसार हाम्रा पर्वहरुलाई मनाउन सकियो भने मात्रै सुरक्षित हुन सक्छौं ।
कोरोनाले गर्दा नेपालीहरुको मुख्य चाडहरु प्रभावित हुने देखिन्छ । यसपालीको दशैं, तिहार र छठ पर्वमा खासै रौनक नहुने अवस्था छ । कोरोना संक्रमतिहरु बढिरहेका छन् । यसले गर्दा आम नेपाली समुदाय त्रसित भएका छन् । यस्तो विषम परिस्थितिमा नेपालीहरु कसरी खुशी साट्न सक्लान् र ! हुन पनि चाडपर्वहरु हरेक वर्ष आउँछ, जान्छ । त्यसैले यसपालीको पर्वलाई उत्सवका रुपमा मनाउने स्थितिमा नेपालीहरु देखिदैनन् ।
यसपालीको दशैं सुरक्षित तरिकाले मनाउनुको विकल्प छैन । कामना छ, हाम्रो घर आँगनमा भित्रिएको वडादशैंले कोरोना महामारीलाई परास्त गरोस् । आम नेपाली दाजुभाई तथा दिदीबहिनीको सु—स्वास्थ्य एवं दीर्घायुको कामना गर्दछौं ।
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
