दुवै मृगौला फेल भएका नवराजलाई सहयोगको अपिल
मृगौला रोगी आचार्यका बारेमा जानकारी दिंदै अभियानका पदाधिकारी तथा स्थानीय ।
मेचीनगर । मेचीनगर–१० स्थित खयरडाँगी निवासी नेपाल प्रहरीका हवल्दार नवराज आचार्य दुवै मृगौला खराव भएर खर्च अभावका कारण उपचार गर्न नसकेर घरैमा थलिएर बसेका छन् ।
उनको उपचारका लागि मेचीनगरका राजनीतिक दल, समाजसेवी र युवाहरुको एक समूहले आज ‘नवराज आचार्य बचाउ अभियान समिति’ गठन गरी आर्थिक संकलनमा जुट्ने बाचा गरेका हुन् ।
सोमबार बसेको भेलाले अभियानको संयोजकमा प्रकाश खड्का, सचिवमा भूमि पौडेल र कोषाध्यक्ष कृष्ण आचार्य लगायत सदस्य रहने गरी समिति गठन गरेको छ ।
काठमाडौँ स्थित सुमेरु अस्पतालका डाक्टर ऋषि काफ्लेले दुवै मृगौला खराव भएको बताएको परिवारले जनाएको छ । उनको दुवै मृगौला प्रत्यारोपण गर्न १५ लाख भन्दाबढी खर्च लाग्ने डाक्टरको भनाइ छ ।
३९ वर्षीय प्रहरीका हवल्दार आचार्यका श्रीमती शोभा र दुई जना छोराहरु छन् । नवराजलाई उनका भाइ कमल आचार्यले मृगौला दिने भएका छन् ।
हाल उनको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा हप्तामा दुइ पटक डाइलासिस भइरहेको परिवारले बताएको छ । गरीब परिवारका उनलाई उपचार खर्च जुटाउन धौधौ परेको छ । नवराजकी श्रीमती शोभाले विदेश तथा स्वादेशमा रहेका आफन्त, शुभचिन्तक तथा मेचीनगरबासीहरुलाई श्रीमानको उपचारका लागि खर्च जुटाइदिन आग्रह गरेकीछन् ।
स्थानीय सरकार, विभिन्न संघसंस्था, समाजसेवी, उद्योगी व्यवसायी लगायत नगरबासीसँग सहयोगका लागि घर तथा पसलमा गएर रकम संकलन गरिने अभियानका संयोजक खड्काले बताए ।
विरामीको अवस्था जटिल बन्दै गएकोले चाडै अस्पताल लानुपर्ने भएकोले एक महिनाभित्र १५ लाख रुपैयाँ संकलन गरिसक्नु पर्ने सचिव पौडेलले जानकारी दिए ।
आज बसेको भेलामा नेपाली काँग्रेसका नगर सभापति इन्द्रबहादुर बुढाथोकी, नेकपा १० नम्बर वडाका अध्यक्ष समेत रहेका संयोजक खड्का, नेकपाका नगर सदस्य बीपी भट्टराईले आचार्यको सहयोगमा जुट्न नगरबासीलाई आग्रह गरेको थिए । भेलामा नेकपा १० नम्बर वडाका सहसंयोजक साङ्गे शेर्पा, नरप्रसाद पौडेल लगायत समाजसेवी र पत्रकारहरुको सहभागीता रहेको थियो ।
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
