‘चङ्गा उडेझैं’ गीतको भिडियो सार्वजनिक (भिडियाे सहित)

त्रिकोणात्मक प्रेम कथामा आधारित ‘चङ्गा उडेझैं’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आधुनिक सुगम संगीतका लोकप्रिय गायक राजेश पायल राईको मार्मिक गीत ‘चङ्गा उडेझैं’ सार्वजनिक भएको हो ।
नेपाली गीत संगीतको बजारमा ख्याती प्राप्त गायक राईको स्वरमा सजिएको यो गीतमा माया प्रेम र वेदना समेटिएको छ । राष्ट्रिय गीतको सिर्जनामा समेत खप्पिस गायक राईले स्वर भरेको यो मार्मिक गीतको शब्द भुवन बाँस्तोलाले कोरेका हुन् ।
यो गीतले गरीब र धनी युवकसँगको प्रेम सम्बन्धका क्रममा उत्पन्न हुने उतारचढावलाई छर्लङ्ग पारिदिएको छ । पैसामा प्रेम खोज्ने एक युवती र चोखो मायाको सट्टामा धोका पाएको एक गरीब युवकबीचको प्रेम सम्बन्धलाई गीतकार बाँस्तोलाले शब्दमा उतारेका छन ।
यो म्यूजिक भिडियोलाई शिरकुमार साम्पाङले निर्देशन गरेका छन् । शिरले पछिल्लोसमय बेस्ट सिनेमेट्रोग्राफी–२०२० को अवार्ड पाएका थिए । आर.सि. फुलाहाङको संगीतको संयोजन गजेन बान्तवाले गरेका छन् । यो गीतको भिडियोमा भुवन, तेज, गिब्सोन, करिश्मा र गीता फिचर्ड छन् ।

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...

मेचीनगर । मेचीनगर–७ स्थित मदन वस्तीकी रीता राजबंशी...