‘चङ्गा उडेझैं’ गीतको भिडियो सार्वजनिक (भिडियाे सहित)
त्रिकोणात्मक प्रेम कथामा आधारित ‘चङ्गा उडेझैं’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आधुनिक सुगम संगीतका लोकप्रिय गायक राजेश पायल राईको मार्मिक गीत ‘चङ्गा उडेझैं’ सार्वजनिक भएको हो ।
नेपाली गीत संगीतको बजारमा ख्याती प्राप्त गायक राईको स्वरमा सजिएको यो गीतमा माया प्रेम र वेदना समेटिएको छ । राष्ट्रिय गीतको सिर्जनामा समेत खप्पिस गायक राईले स्वर भरेको यो मार्मिक गीतको शब्द भुवन बाँस्तोलाले कोरेका हुन् ।
यो गीतले गरीब र धनी युवकसँगको प्रेम सम्बन्धका क्रममा उत्पन्न हुने उतारचढावलाई छर्लङ्ग पारिदिएको छ । पैसामा प्रेम खोज्ने एक युवती र चोखो मायाको सट्टामा धोका पाएको एक गरीब युवकबीचको प्रेम सम्बन्धलाई गीतकार बाँस्तोलाले शब्दमा उतारेका छन ।
यो म्यूजिक भिडियोलाई शिरकुमार साम्पाङले निर्देशन गरेका छन् । शिरले पछिल्लोसमय बेस्ट सिनेमेट्रोग्राफी–२०२० को अवार्ड पाएका थिए । आर.सि. फुलाहाङको संगीतको संयोजन गजेन बान्तवाले गरेका छन् । यो गीतको भिडियोमा भुवन, तेज, गिब्सोन, करिश्मा र गीता फिचर्ड छन् ।
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
