चुडामणिको ‘माया लाउँ कि नलाउँ भो’ आज ४ बजे सार्वजनिक हुदै
युवा व्यवसायी तथा गीतकार चुडामणि पौडेलको नयाँ गीत ‘माया लाउँ कि नलाउँ भो’ को म्युजिक भिडियो आज साँझ ४ बजे गायिका टिका प्रसाईको अफिसिएल युट्युव च्यानल मार्फत सार्वजनिक हुने भएको छ। प्रेमिल शैलीको यस गीतमा चुडामणि पौडेल र गायिका टिका प्रसाईको युगल गायन सुन्न सकिनेछ । गीतका शब्द चुडामणि पौडेलले लेखेका हुन् भने टिका भण्डारीले गीतलाई संगीतवद्द गरेका हुन्। रोमी बस्नेतले यस गीतलाई संगीत संयोजन गरेका हुन् ।
म्युजिक भिडियोमा रमेश तिवारी र नायिका केकी अधिकारीको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिनेछ। साथमा बालकलाकार अन्सुमन पौडेल र अकेशा पोखरेलको समेत भिडियोमा अभिनय देख्न सकिनेछ । भिडियोलाई आइपी आचार्यले कोरियोग्राफी गरेका हुन् । भिडियोमा उत्सव दहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ। शंकर कोइराला र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो ।
गीतकार पौडेलले तिहारको शुभकामना सहित यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन सम्पुर्ण संगीतप्रेमीलाई अग्रिम रुपमा आग्रह गरेका छन्।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
