दिपेन र सुजताको स्वरमा ‘आयौं हामी देउसीरे खेल्न’ सार्वजनिक

झापा । नेपालीहरुको महान चाड तिहारलाई लक्षित गरेर काकु क्रियशनले तिहार गीत “आयौं हामी देउसीरे खेल्न” सार्वजनिक गरेको छ ।प्रतिभा जनसांस्कृतिक परिवारको शब्द,लय रहेको गीतलाई दिपेन लम्साल र सुजता मिश्रले स्वर दिएका छन् ।
गीतको एरेन्ज र संगित संयोजन रोशन मिश्र र मिक्सिङ स्वयम रोशन र बिशम आचार्यले गरेका छन् । म्युजिक भिडियोमा कलाकार प्रज्ञा लम्साल,प्रनिशा पौडेल,सुदेक्षा सुवेदी र सुविना फुयलको अभिनय रहेको छ ।
दिपेन लम्साल स्वयमको निर्देशन तथा सम्पादन रहेको म्युजिक भिडियोमा छायांकन सञ्जय मैनाली र मनोज लम्साल,शृङगार इश्वर रिजाल, कोरियोग्राफर अमित तामाङ र लाइटिङ प्रभु लम्साल तथा हिमाल निरौलाको रहेको छ ।
म्युजिक भिडियो काकु क्रियशनको अफिसियल यूट्युब च्यानलबाट आज सार्वजनिक गरिएको छ ।
भिडियो हेर्नुहोस् :

ज्यामिरगढी । हरेक बर्खामा डुवानमा पर्ने मेचीनगरका विभिन्न...

झापा । नेकपा (एमाले)का स्थाई कमिटी सदस्य अग्नी...

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा तीन महिने प्लाम्विङ...

मेचीनगर । मेचीनगर नगरपालिका प्रमुख गोपाल चन्द्र बुढाथोकीले...

मेचीनगर । मेचीनगरमा हात्तीको दिर्घकालिन समस्याको समाधानका लागि सांसदहरु,...

धुलाबारी । मेचीनगर भित्रका रहेका सबैखाले सञ्चारमाध्यामहरुको विकास...