आम्दालाई कोरोना हस्पिटल बनाउनु पर्ने माग गर्दै ४२३ जनाले उपप्रमुखलाई बुझाए ज्ञापनपत्र
मेचीनगर । धुलावारीको मेची आम्दा हस्पिटललाई सुविधासम्पन्न कोरोना हस्पिटलको रुपमा स्तरोन्नति गर्न माग गर्दै मेचीनगर नगरपालिकामा ज्ञापन पत्र बुझाइएको छ ।
नगरकी उपप्रमुख मीना उप्रेतीलाई हिजो बुझाइएको ज्ञापन पत्रमा मेचीनगरका राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा, पत्रकार, व्यवसायीलगायत सर्वसाधारण ४२३ जनाको हस्ताक्षर छ ।
ज्ञापन पत्रमा नेकपा मेचीनगरका इञ्चार्ज देबकुमार राई, नेकपाका नगर सचिव राजु पोखरेल, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि दुर्गा खतिवडा, तत्कालीन काँकरभिट्टा गाउँ विकास समितिका अध्यक्ष डिल्लीराम घिमिरेलगायतको हस्ताक्षर छ ।
कोरोना महामारीले आम जनसमुदाय प्रभावित रहेको र उपचार समेत नपाउने स्थिति सिर्जना भइरहेको कारण धुलावारीको आम्दालाई अक्सिजन, आइसोलेसन, आइसीयु र भेन्टिलेटरसहितको सुविधासम्पन्न कोरोना हस्पिटल बनाइनु पर्ने माग राखेर नगरपालिकालाई ज्ञापन पत्र बुझाइएको यसका अभियन्ता एवम् धुलावारी युनिटीका संयोजक प्रकाश खड्काले बताए ।

झापा क्षेत्र नं। १ स्तरीय कोरोना हस्पिटलको माग गरिएको जनाउँदै खड्काले आम्दामा रहेको भौतिक पूर्वाधार तथा संरचनालाई उपयोग गर्न नगरपालिकालाई आग्रह गरिएको बताए ।
‘गाउँको सिंहदरवार वा सरकार जे भने पनि नगरपालिका नै हो,’ खड्काले भने–‘नगरबासीको स्वास्थ्य रक्षाको सवालबाट नगरपालिका पछि हट्न मिल्दैन, यदि मागको सुनुवाई हुँदैन भने आन्दोलन गर्छौ भनेर भनेका छौं ।’
माग पत्र बुझेपछि उपप्रमुख उप्रेतीबाट माग जायज भएको प्रतिक्रिया आएको र यस विषयमा सरोकारवालाहरुसँग छलफल अघि बढाइने आश्वासन पाएको खड्काले बताए ।
उपप्रमुख उप्रेतीले यस विषयमा सांसद्हरु र राजनीतिक दलका नेताहरुसँग समेत छलफल चाँडै गरिने आश्वासन दिएको बताइएको छ ।
अभियन्ताहरुले आज प्रदेश सांसद् गोपाल बुढाथोकी र श्रीप्रसाद मैनाली र संघीय सांसद् राम कार्कीलाई समेत ज्ञापन पत्रको बोधार्थ बुझाउने जनाएका छन् ।
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
