लिङ्कन मन्टेश्वरी : प्राइमरी लेभलमा प्रवेश गरेका विद्यार्थीहरूलाई दीक्षित

बिर्तामोड । झापाको बिर्तामोड–३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलले प्रि-प्राइमरी लेभल पास भएर प्राइमरी लेभलमा प्रवेश गरेका विद्यार्थीहरूलाई दीक्षित गरेको छ ।
विद्यालय परिसरमा बुधवार एक समारोहका बीच कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिका नगर प्रमुख पवित्रा महतरा प्रसाईंले विद्यार्थीहरुलाई दीक्षित गरेकी हुन् ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख प्रसाईंले नानीबाबुहरुलाई टोपी लगाएर दीक्षित गरेकी हुन् । उनले किताबी ज्ञान मात्र नभई व्यावहारिक ज्ञानका साथै बालबालिकाहरूलाई सानैदेखि संस्कार संस्कृतिसँगै पठनपाठनको विकास गर्न आवश्यक रहेको बताएकी छिन् ।
लिंकन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलका अनुसार विद्यार्थीहरूलाई हौसला प्रदान गर्नका लागि यस्ता प्रकारका कार्यक्रमहरु महत्वपूर्ण हुने बताए ।
उनले लिंकन मन्टेश्वरी स्कुलमा यस्ता किसिमका कार्यक्रमसँगै बालमैत्री वातावरणमा पठनपाठन भइरहेको बताएका छन् । लिङ्कन मन्टेश्वरी स्कुलले प्रत्येक वर्ष विद्यार्थीको क्षमता विकासका लागि विभिन्न कार्यहरू गर्दै आएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका ३ नम्बर वडाका वडा सदस्य हरि बास्कोटा, मनकामना स्कुलका प्रिन्सिपल केशव ढुंगाना, आदर्श म्यानेजमेन्ट अफ कलेजका प्रवन्धक संजोग खरेल, शैक्षिक व्यक्तित्व माधव पराजुली लगायतको आतिथ्य रहेको थियो ।
सोही कार्यक्रमकाबीच नयाँ बर्ष २०८२ को शुभकामना आदान(प्रदानसमेत गरिएको थियो । कार्यक्रमको औचित्यसहित स्वागत तथा सञ्चालन स्कुलका सञ्चालक सरोज पौडेलले गरेका थिए ।

काँकरभिट्टा । मेची भन्सार कार्यालयले नौ महिनामा राजश्व...

बिर्तामोड । झापाको बिर्तामोड–३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलले...

मेचीनगर । राजवंशी समाज विकास समिति मेचीनगर– ७...

बिर्तामोड । नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा...

दमक । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी...