मखमली साकाेसले गर्याे चारजनालाई सम्मान
मेचीनगर । मखमली महिला बचत तथा ऋण सहकारी संस्था लि. मेचीनगर –६ काँकरभिट्टाले बुधबार चारजनालाई सम्मान गरेको छ ।संस्थाको १६औँ वार्षिक साधारणसभाका अवसरमा ज्येष्ठ नागरिकतर्फ रिजामाया , उत्कृष्ट ऋणीतर्फ बालिका दुलाल, उत्कृष्ट बचतकर्ता सावित्रादेवी गिरी र रूकमणि प्रधानलाई सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले सम्मानपत्रसहित नगद प्रदान गरेका थिए । ढकालले सहकारीले देशको अर्थतन्त्रमा निकै योगदान पुर्याएको भन्दैं सरकारले सहकारीलाई समेत तीनखम्बे नीतिमा राखेको स्पष्ट पारे ।
सरकारी, सहकारी र निजी क्षेत्रका कारण अहिले देशको अर्थतन्त्र सुध्रिएको र समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा सार्थक पार्न सहकारीको मुख्यः भूमिका हुने उनले बताए ।सहकारीका मूल्य मान्यता र सिद्धान्तलाई आत्मसात गरेर सोही अनुसार चल्न सहकारी सञ्चालकलाई आग्रह गर्दै त्यसो नभए संस्था दुर्घटनामा पर्ने उनको भनाई थियो ।
संस्थाका अध्यक्ष राधा प्रधानले कार्यक्रमको अध्यक्षता गर्दै सञ्चालक समितिका तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सचिव रेजिना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा मखमली साकोसका सल्लाहकार बिना तामाङ, महेन्द्रद्वार सहकारी संस्थाका अध्यक्ष राजु (राजकुमार) दाहाल, महालक्ष्मी कृषि सहकारी संस्थाका अध्यक्ष टीका सुवेदी, संस्थाका व्यवस्थापक सरस्वती आले मगरलगायतले मन्तव्य राखेका थिए ।
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...


