एमाले मेचीनगर १४ को अधिवेशन : अध्यक्षमा राउत
मेचीनगर । नेकपा एमाले मेचीनगर-१४ को वडा अधिवेशन सम्पन्न भएको छ । मंगलबार मेचीनगर १४ शिव पञ्चायन मंन्दिरको सभाहलमा दोस्रो अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले मोहन राउतको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा कृष्ण कुमारी सुबेदी ,सचिब सुरेश बुढाथोकी, सह सचिब उमानाथ ओली, सह सचिब नम्रता मिश्र,सदस्य पवन मिश्र,प्रकास बिर्जा, सन्जु पोखरेल, देबि बजगाई, धुर्ब श्रेष्ठ, हरिमाया बराल, तुलसी लामिछने, भगवति राजवंशी, सुपो राजवंशी, जायद महमद, उमानाथ ओली,मुना कार्की,तुलसी मिश्र, रचना मिश्र,जुना खतिवडा,प्रिति पाठक, मिना आचार्य मैनाली रहेका छन् ।
नेकपा एमाले केन्द्रिय कमिटि सदस्य रवीन कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा केन्द्रिय सदस्य मीना पोखरेल उप्रेती, प्रदेश सदस्य श्रीप्रसाद मैनाली, प्रदेश सदस्य तथा मेचीनगर इन्चार्ज देवकुमार राई, जिल्ला सदस्य कृष्ण कनाल, संगीता थापा, रमा भण्डारी, रेणुका डाँगी, मेचीनगरका अध्यक्ष राजु कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा मेचीनगर १४ का अग्रज नेतृत्वलाई सम्मान गरिएको थियो । हालसालै निर्वाचित नगर कमिटिका अध्यक्ष राजु कार्की सहित पदाधिकारी १४ वाट प्रतिनिधित्व गर्दै नगर र अखिल नेपाल महिला संघमा निर्वाचित पदाधिकारी सहित निर्वाचित सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । एमाले मेचीनगर अन्र्तगत १ र ४ को अधिवेशन सम्पन्न भइसकेको छ । अन्य वडाको अधिवेशन पनि भदौ भित्रमा सम्पन्न गर्ने तयारी गरिएको र समय तालिका पनि सार्वजनिक गरिएको नगर अध्यक्ष कार्कीले जानकारी दिए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
