झापा प्रहरी : चोरिएका ८ वटा मोटरसाइकल बरामत
बिर्तामोड । झापाको बिर्तामोडसहित विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकल ताप्लेजुङमा बरामत गरिएको छ । झापाबाट खटिएको प्रहरी टोलीले ७ वटा मोटरसाइकल बरामत गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन गर्दै बिर्तामोड ६ बस्ने २७ वर्षीय बाल कुमार मगर सहित बरामत मोसा सार्वजनिक गरेको हो ।
गत शुक्रवार १ थान मोटरसाइकलसहित पाचथरमा मगरलाई प्रहरीले पक्राउ गरेको थियो । सोही युवासँगको अनुसन्धानका क्रममा प्रहरीले चोरीका मोटरसाइकलहरु ताप्लेजुङमा विक्री गरिहरेको सूचना पाएको थियो ।
प्रहरीले ताप्लेजुङस्थित मिरिङ्देन गाउँपालिका र फुङलिङ नगरपालिकाबाट चोरी भएका मोटरसाइकल बरामत गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख मिलन केसी, बिर्तामोडका डिएसपी सुरज कार्की, निमित्त प्रवक्ता ढुण्डीराज गिरी लगायतले चोरी भएका मोटरसाइकलसहित चोरीमा संलग्न १ जनालाई सार्वजनिक गरेका हुन् ।
प्रहरीका अनुसार झापामा मोटरसाइकल चोरी गर्नेहरुले कावेलीसम्म पुराईदिने गरेका थिए । त्यहाँबाट ताप्लेजुङका कारोवारीहरुले बुझेर विभिन्न स्थानमा विक्री गर्दै आएको बुझिएको छ ।
झापाबाट मोटरसाइकल चोरी गर्नेहरुले २० देखि ४० हजारमा विक्री गर्ने गरेको खुलेको छ । ताप्लेजुङमा सोही मोटरसाइकलहरु ८० हजार देखि १ लाखसम्म विक्री भइरहेको प्रहरीले जनाएको छ । सबै मोटरसाइकलमा नक्कली नम्बर प्लेट प्रयोग गरिएको छ । झापामा पछिल्लो केहि समय सयौं मोटरसाइकल चोरी भएका छन् ।
मेचीनगर । झापाको मेचीनगर–४ स्थित बाहुनडाँगीमा बढ्दो आत्महत्या...
धुलाबारी । २०७९ सालदेखि अगरवत्ती उत्पादन गर्दै आएको...
बिर्तामोड । बालमैत्री वातावरणमा पठनपाठन हुने बिर्तामोड– ३...
मेचीनगर । मेचीनगर नगरपालिकाको आयोजनामा सञ्चालित सुरक्षित आप्रवासन...
झापा । चाइनामा जारी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालले...
मेचीनगर । मेभीनगर –७ वडा कार्यालयको आयोजना तथा...
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको...