लाल भागिरथा प्रतिष्ठान : डाक्टर, किसान र गृहिणी पुरस्कृत
मेचीनगर । लाल भागिरथा बानियाँ प्रतिष्ठानले आज एक समारोहबीच वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षाध्यक्ष प्रा.डा. सञ्जीव शर्मा, मेचीनगरका अर्गानिक कृषक बद्री राउत र विर्तामोडकी उदाहरणीय महिला हिमा लुइँटेल पाठकलाई पुरस्कृत गरेको छ । प्रा.डा. शर्मालाई लाल भागिरथा उत्कृष्ट प्रतिभा पुरस्कार, कृषक राउतलाई लाल भागिरथा उत्कृष्ट कृषि पुरस्कार र पाठकलाई उत्कृष्ट गृहिणी पुरस्कार प्रदान गरिएको हो ।
प्रतिभिधिसभाका सभामुख देबराज घिमिरेले पुरस्कृत प्रतिभाहरुलाई जनही रु। ३१ हजार नगद, दोसल्ला र प्रमाणपत्र प्रदान गरेका थिए । झापामा जन्मिएका प्रतिभाहरुलाई पुरस्कार प्रदान गर्न प्रतिष्ठानले १० लाख रुपैयाँको अक्षयकोष खडा गरेको छ ।
मुटु, मृगौला, मधुमेह र सर्पदंश उपचारका लागि विशेषज्ञ प्रा।डा। शर्मा विगत २६ वर्षदेखि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन् । उनको जन्म मेचीनगर–१४ दुहागढीमा वि.सं. २०२५ चैत १८ गते भएको हो ।
उत्कृष्ट कृषि पुरस्कार पाउनु हुने मेचीनगर–५ का कृषक राउतले १० कठ्ठामा खेती गरिरहेका छन् । उनले तरकारी र दुध बेचेर वर्षमा १५ लाख कमाउँदै आएका छज् ।
उत्कृष्ट गृहिणी पुरस्कार पाउनु हुने विर्तामोड–४ की हिमा लुइँटेलले वृद्धावस्थाका आमावुवालाई वृद्धाश्रममा होइन, आफ्नै घरमा आफ्नै सन्तानबाट स्याहार सुसार पाउनु पर्छ भन्ने मान्यता अनुरुप दीर्घरोगले थलिनु भएको ससुराको स्याहार गरेर सामाजिक प्रशंसा पाउँदै आएकी छन् ।
प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा सभामुख देबराज घिमिरे, सम्मानित प्रतिभा प्राडा शर्मा र मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले मन्तब्य व्यक्त गर्दै असल प्रतिभाहरु खोजेर पुरस्कृत गरेको भन्दै प्रतिष्ठानको प्रशंसा गरेका थिए ।
प्रतिष्ठानकी सदस्य आशा बानियाँले स्वागत र सचिव डम्बर देउजाले सञ्चालन गरेको कार्यक्रममा ज्येष्ठ दम्पति अमरबहादुर वानियाँ र चन्द्रकला वानियाँलाई नगद तथा दोसल्लासहित सम्मान गरिएको थियो ।
वि।सं। २०७६ सालमा शिक्षासेवी हरिचरण बानियाँको पहल र उनको बन्धुबान्धवको सल्लाहमा प्रतिष्ठानको स्थापना गरिएको थियो । प्रतिष्ठानले भाषा, साहित्य, धर्म, संस्कृति, संस्कार, स्वास्थ्य, खेलकुद, कृषि, संगीत, पत्रकारिता लगायतका विभिन्न विधामा योगदान पुर्याउँदै आएका प्रतिभाको खोजी गरी सम्मान गर्ने लक्ष्य लिएको छ ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
