परिवर्तन थिएटर काँकरभिट्टामा नाटक ‘म्लेच्छ’को प्रर्दशन शुरु
काँकरभिट्टा । परिवर्तन थिएटरको प्रस्तुती नाटक ‘म्लेच्छ’ बिहिबारबाट प्रर्दशन शुरु भएको छ । परिवर्तन थिएटर काँकरभिट्टामा दैनिक दुई वटा शो भइरहेको हो ।

बिहिबारबाट प्रर्दशन शुरु नाटक म्लेच्छले आदिवासी समुदायको अवस्थाको बारेमा चित्रण गरेको नाटकका निर्देशक गणेश बस्नेतले बताए । आदिवासी समुदायले कसरी आफ्नो थातथलो छोडेर लखेटिनु परेको थियो भनेर म्लेच्छ नाटकमा देखाउन खोजिएको नाटकका लेखक पत्रकार पर्वत पोर्तेलले बताए ।

१७ जना कलाकारले अभियन गरेको नाटक निक्कै मेहनतका साथ तयार पारेको र दर्शकको मन जित्ने विश्वास लिएको नाटकका कला संयोजक कविता नेपालले बताइन । कार्तिक ३ गतेसम्म मञ्चन गरिने नाटक हेर्नका लागि २५० र ५०० को टिकट शुल्क निर्धारण गरिएको परिवर्तन थिएटरले जनाएको छ । नाटक एक घण्टा १० मिनेटको रहेको छ ।

झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
