असोज २७ बाट खुट्टीडाँगीमा फुटबल भिडन्त
धुलाबारी । खुट्टीडाँगी युवा परिवारको आयोजनामा यही असोज २७ गतेदेखि टोलस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । वडादशैं तथा शुभ दिपावलीको अवसर पारेर कवि शिरोमणि माविको खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
प्रतियोगिता वडा नं ९ मा रहेका ८ वटा टोल क्षेत्रबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । प्रतियोगिताको विजेताले नगद २५ हजारसहित शील्ड, ट्रफी तथा प्रमाण पत्र पाउने छ भने उपविजेताले नगद १५ हजार प्राप्त गर्ने आयोजक खुट्टीडाँगी युवा परिवारका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए ।
स्थानीय स्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो । स्थानीय महानुभावबाट प्राप्त स्वेच्छिक सहयोग संकलन गरेर प्रतियोगिता सञ्चालन गर्न लागिएको सदस्य सोवित कटुवालले बताए । प्रतियोगिताको फाइनल खेल कात्तिक ५ वा ६ गते गर्नेगरी तयारी आयोजकले थालेको छ ।
मेचीनगर । मेचीनगर-९ स्थित कन्भेन्ट इङ्लिस स्कूलले अतिरिक्त...
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको...
मेचीनगर । वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको पुनः एकिकरण...
मेचीनगर । झापाको मेचीनगर–४ स्थित बाहुनडाँगीमा बढ्दो आत्महत्या...
धुलाबारी । २०७९ सालदेखि अगरवत्ती उत्पादन गर्दै आएको...
बिर्तामोड । बालमैत्री वातावरणमा पठनपाठन हुने बिर्तामोड– ३...
मेचीनगर । मेचीनगर नगरपालिकाको आयोजनामा सञ्चालित सुरक्षित आप्रवासन...