असोज २७ बाट खुट्टीडाँगीमा फुटबल भिडन्त
धुलाबारी । खुट्टीडाँगी युवा परिवारको आयोजनामा यही असोज २७ गतेदेखि टोलस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । वडादशैं तथा शुभ दिपावलीको अवसर पारेर कवि शिरोमणि माविको खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
प्रतियोगिता वडा नं ९ मा रहेका ८ वटा टोल क्षेत्रबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । प्रतियोगिताको विजेताले नगद २५ हजारसहित शील्ड, ट्रफी तथा प्रमाण पत्र पाउने छ भने उपविजेताले नगद १५ हजार प्राप्त गर्ने आयोजक खुट्टीडाँगी युवा परिवारका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए ।
स्थानीय स्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो । स्थानीय महानुभावबाट प्राप्त स्वेच्छिक सहयोग संकलन गरेर प्रतियोगिता सञ्चालन गर्न लागिएको सदस्य सोवित कटुवालले बताए । प्रतियोगिताको फाइनल खेल कात्तिक ५ वा ६ गते गर्नेगरी तयारी आयोजकले थालेको छ ।
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
