भद्रपुरबाट हराएकी बालिका घर नजिकै ड्रेनभित्र मृत फेला
भद्रपुर । भद्रपुरबाट एकाएक गायब भएकी बालिका मृत अवस्थामा फेला परेको छ । भद्रपुर नगरपालिका- ९ प्रकाशपुर निवासी सोमनाथ सिग्देलकी ३ वर्षीया छोरी निर्जला मृत अवस्थामा फेला परेको स्थानीय पत्रकार वीरेन्द्र न्यौपानेले जानकारी दिए ।
उनको शव घरदेखि ५०० मिटर दक्षिणतर्फको पक्की नालामा डुबेको अवस्थामा फेला परेको हो । घर नजिकै रहेको केदारेश्वर शिवालय मन्दिर आमाबुबाले छोरी निर्जलालाई सँगै भजन सुन्न लगेकी थिइन । मन्दिरभित्र आमाबुबा भजन सुनिरहेको बेला निर्जला बाहिर खेल्दै थिइन । मन्दिरबाहिर खेल्दाखेल्दै बालिका सोमबार दिउँसो साढे १२ बजे एकाएक हराएकी थिइन । बालिकालाई कसैले लगेको भन्दै स्थानीयले होहल्ला गर्दै खोजी सुरु गरेका थिए ।
बालिका हराएको भन्दै सामाजिक सञ्जालमा उनको तस्बिर समेत भाइरल बनेको थियो । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय झापालाई समेत खबर गरिएको थियो । बालिकाको खोजी गर्ने क्रममा साढे ३ घण्टापछि मन्दिर अगाडीको नालामा डुबेको अवस्थामा बालिकाको शव फेला परेको पत्रकार न्यौपानेले बताए । ‘मन्दिर अगाडीको नालामा बालिका डुबेको र पानीले बगाउँदै ५०० मिटर परसम्म शव ल्याएको देखिन्छ,’ उनले भने । बालिकाको शव फेला परेपछि प्रहरी टोली घटनास्थल पुगेको छ ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
