माओवादी झापाको बैठक, जनताका समस्यामा हातेमालो गर्ने
बाहुनडाँगी । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको तेस्रो विस्तारित बैठक मंगलबार झापाको बाहुनडाँगीमा सम्पन्न भएको छ ।
बैठकमा सहभागी नेताहरुले संगठनलाई थप सुदृढ बनाउन एकताका साथ अघि बढ्ने उद्घोष गरेका छन् । माओवादी केन्द्रका महासचिव देव गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा उनले पार्टीप्रति जनताको उत्साह र चाहना बढेकाले त्यही अनुसारको काम गर्नुपर्ने बताए ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाका संयोजक राजु आचार्य (अग्नि)को अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सचिव राम कार्की, केन्द्रीय सदस्य झलकसिंह दर्लामी लगायतले विचार राखेका थिए ।

गत स्थानीय चुनावमा निर्वाचित भएका पार्टीका जनप्रतिनिधिलाई सम्मान गरिएको बैठकमा १५ वटै पालिकाका अध्यक्षहरुले सांगठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्षहरुले प्रस्तुत गरेको प्रतिवेदनमा जनतासँग प्रत्यक्ष जोडिएका पालिकाका समस्या र सरोकारका विषयहरु उठान गरिएको माओवादी केन्द्र मेचीनगर अध्यक्ष राजन चिमरियाले बताए ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश नं १ कमिटीका सहायक इन्चार्ज साबित्रीकुमार काफ्ले ‘समर’, केद्रीय सदस्य लक्ष्मी न्यौपाने, केन्द्रीय सदस्य रन्जित तामाङ, प्रदेश अध्यक्ष हर्क नेम्बाङ ‘मिक्सो’, उपाध्यक्ष विजय साम्पाङ, नेता हरिकुमार राना, प्रदेश सचिवालय सदस्य सिपी कडरिया, बोधराज दाहाल, पुरुषोत्तम चुडाल, केन्द्रीय अनुसशासन आयोगका पूर्णसिंह राजवंशी, बन्दना झाँगड ‘अनिशा’ लगायतको आतिथ्यता रहेको थियो ।
माओवादी केन्द्रका जिल्ला सचिव मोहन टुडुले सञ्चालन गरेको कार्यक्रममा मेचीनगर अध्यक्ष राजन चिमरिया स्वागत गरेका थिए । बैठकमा पार्टीका जिल्ला कमिटी सदस्य तथा जनवर्गीय संगठनका संयोजकसहित करिब ५ सय जना सहभागी थिए ।
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
