झापा १ : दिउँसो १ बजेबाट मात्र गणना सुरु हुने
मेचीनगर । झापा निर्वाचन क्षेत्र नं। १ को मतगणना दिउँसो १ बजेबाट सुरु हुने भएको छ । अहिले सम्पन्न सर्वदलीय बैठकले सो निर्णय गरेको सहायक निर्वाचन अधिकृत रामचन्द्र बस्नेतले जानकारी दिए ।
प्रतिनिधि सभा प्रत्यक्षतर्फ दुई स्थानबाट र प्रदेश सभा १ प्रत्यक्षको एक स्थानबाट गणना सुरु गर्ने निर्णय भएको छ । लगत्तै थप एक स्थान थपगरी प्रदेश सभा २ को समेत गणना सुरु गरिने बस्नेतले जानकारी दिए ।

हिजाे सम्पन्न निर्वाचनमा झापा क्षेत्र नं.१ मा ८१ हजार ७ सय ६४ मत खसेको थियाे । निर्वाचन अधिकृतको कार्यालय मेचीनगर नगरपालिकाका अनुसार झापाका अनुसार क्षेत्र नं.१ मा ८१ हजार ७६४ मत खसेको हाे ।
मतदान गर्नेमा ३९ हजार ४२८ पुरुष र ४२ हजार ३३६ जना महिला मतदाता रहेको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत टंकबहादुर महतले झापा क्षेत्र न. १ मा १ लाख २० हजार ८८४ मतदाताले मतदान गरेको बताए ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...

