सर्वेक्षण भन्छ–‘खरेल १० हजार मतले विजयी हुन्छन्’
झापा । नेकपा (एमाले) र राप्रपाबाट झापा क्षेत्र नं. १ मा प्रतिनिधिसभाका उम्मेद्वार अग्नि खरेल १० हजार मतान्तरले विजयी बन्ने एक सर्वेक्षणले देखाएको छ ।
खरेलका प्रतिस्पर्धी नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेद्वार विश्वप्रकाश शर्मा उक्त मत अन्तरले पराजित बन्ने उक्त सर्वेक्षणले देखाएको हो ।
उनलाई झापा १ मा २०७० सालको संविधानसभा निर्वाचनमा नेकपा (एमाले) का उम्मेद्वार रविन कोइरालाले पराजित गरेका थिए । त्यस्तै, शर्माले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा झापा १ मा नेपाल कम्युनिस्ट पार्टीका उम्मेद्वार राम कार्कीसँग पराजय व्यहोरेका थिए ।
स्थानीय तहको चुनावमा प्राप्त मत अनुसार एमाले पहिलो शक्तिमा छ । सो निर्वाचनको परिणाम अनुसार हाल गठबन्धन गरेका दलहरुले पाएको कूल मत भन्दा एमाले बलियो अवस्थामा छ । स्थानीय तह निर्वाचनमा एमालेलाई प्राप्त मतलाई आधार मान्दा शर्मा प्रतिकुल स्थितिमा छन् ।
गठबन्धनमा आबद्ध दलहरुको मत संख्या कम रहेका कारण खरेलको विजय सुनिश्चित रहेको आँकलन गर्न थालिएको छ ।
स्थानीय तहको चुनावमा मतदाताले एमालेलाई मेचीनगरमा मात्रै ३१ हजार २३२, कांग्रेसलाई २४ हजार ५९, राप्रपालाई ५ हजार ९२२, माओवादीलाई ३ हजार ९०५ र एकीकृत समाजवादीलाई १ हजार २५२ मत दिएका थिए । मेचीनगरका १५ वटा वडामध्ये ११ मा एमाले, ३ मा नेका र १ मा माओवादी केन्द्र विजयी बनेको थियो ।
‘स्थानीय तहको निर्वाचनमा एमालेका मतदाताहरुले जसरी एक ढिक्का भएर पार्टीको जित सुनिश्चित गरेका थिए ।’ सर्वेक्षण भन्छ, ‘त्यसैगरी यो निर्वाचनमा पनि मत चुहावट रोक्न मतदाता थप सचेत बनेका देखियो ।’
‘पार्टीको दर्बिलो खम्बा र झापाबासी एक जित्नैपर्ने उम्मेद्वार भएकाले एमालेभित्रको मत सुरक्षित रहेको भन्दै एमालेका क्षेत्रीय संयोजक टीकाराम मंग्रान्ती भन्छन्, ‘क्षेत्र नं. १ को बलियो शक्ति राप्रपा पनि हामीसँगै छ, त्यसैले अग्नि खरेलको टीमले जित्नेमा दुई मत छैन ।’
त्यस्तै कांग्रेसभित्रको आन्तरिक कलहका कारण आफ्नै कार्यकर्ताले शर्मालाई मतदान नगर्ने स्थिति रहेको कांगे्रसकै एक नेता बताउँछन् । ती नेताका अनुसार गठबन्धनमा अन्य दलहरु सामेल भए पनि ती दलको मत संख्या कम भएको र भर पर्न नसकिने हुँदा हार र जित दुबैको निर्णायक शक्ति कांग्रेस नै हुने शर्माको विश्लेषण छ ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
