ऐतिहासिक स्थल तेलपानीमा बुधबारदेखि महायज्ञ

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव पाञ्चायन मन्दिरमा बुधबारदेखि पुराण हुने भएको छ ।
मेचीनगर–३, स्थित बरपीपल टोल साँघुरे ९तेलपानी० को चन्द्रेश्वर शिव पाञ्चायन मन्दिरमा यही बैशाख २४ गतेदेखि ३० गतेसम्म श्रीमद् भागवत सप्ताह संगीतमय ज्ञान महायज्ञ हुने भएको हो ।
जीर्णोदार रहेको मन्दिरको निर्माण र भविश्यमा धामका रुपमा विकास गर्ने उदेश्यले पुराण आयोजना गर्न लागिएको मन्दिरका संरक्षक एवम् गुरु ख्यामप्रसाद खनालले जानकारी गराएका हुन् ।
आदिकालिन ऋषिमुनीहरुको तपस्थली बरवीपलको उक्त मन्दिरमा तामाको खड्कुलोमा शिव स्वरुप सानो शिला स्थापना गरी प्राण प्रतिष्ठा गरिएको गुरु खनालले बताए । सानो खरको छानामुनी दैवीक शक्तिको प्रभाव आफ्नो शरिरमै रहेकोले घरको बारीमा भगवानको मन्दिर स्थापना गरेर पूजा गरिरहेको उनको दावी छ ।
मन्दिर निर्माणका लागि २०७३ बैशाख १० गतेदेखि १८ गतेसम्म पनि पुराण लगाइएको थियो । मन्दिर निर्माणका लागि धार्मिक एवम् सामाजिक व्यक्तित्व मुकुन्द दाहाल, मनोरथ काफ्ले, भारत सिक्किमका कमल तिम्सिना लगायतले सहयोग गरेका थिए ।
गुरु खनालले २०७४ सालमा शिवरात्रीपछि मेची–महाकाली पैदल यात्रा पनि गरिसकेका छन् । उनले उक्त मन्दिर परिसरको जग्गालाई अब समुदायमा लान सरकारी कार्यालयमा दर्ता गरिने बताए । संस्था दर्ता गरेपछि समिति गठन गरेर सामाजिकरुपमा यसलाई धामको रुपमा विकास गर्ने उदेश्य रहेको छ ।
पुराणमा दिवंगत आत्माहरुको मोक्षका लागि पनि गुरु खनालको सानिध्यतामा पंण्डित दिननाथ सापकोटा र मोहन भट्टराईले संगीतमय कथा प्रवचन र पाठ परायण हुने छ ।
भौगोलिरुपमा थोरै विकट रहेको धार्मिकरुपमा ऐतिहासिक स्थलमा पहिला हिन्दुहरु आएर बसेको ठाउँ भएकोले हिन्दुगढ नामकरण गरिएको छ ।
त्यस्तै उक्त क्षेत्रमा विभिन्न समुदायका मानिसहरुको बसोबास रहेको छ । जसमा लिम्बुटार, गोलाटार, खम्बुटार, स्याङ्लेटार, तिम्सिने गाउँ रहेका छन् ।
पुराण, धामको विकास र यस क्षेत्रको भौगोलिक स्थितिका बारेमा सामाजिक व्यक्तित्वहरुशान्तिराम ढकाल, मनोरथ काफ्लेले सहकजीकरण गरेका थिए ।

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...

सपना परियार, मेचीनगर नगरपालिकाकी निर्वाचित जनप्रतिनिधि हुन् ।...

मेचीनगर । झापाको मेचीनगर –२ स्थित दिपज्योती खेलमैदानमा...

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा...