मेचे समुदायले मनाए ‘बैशागु बथर’
मेचीनगर । झापाको मेचीनगरमा बृहत सांस्कृतिक कार्यक्रमका साथ मेचे समुदायको महान पर्व ‘बैशागु बथर’ मनाइएको छ ।
मेचे समाज शिवियारी आफात केन्द्रीय समितिको आयोजनामा सम्पन्न कार्यक्रमको उद्घाटन संघीय प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गरेका थिए । प्रमुख अतिथि घिमिरेले लोपोन्मुख मेचे समुदायको संस्कार, संस्कृति, परम्परालाई जगेर्ना गरेर उनीहरुलाई विकास निर्माणमा लगाउनु पर्ने बताएका छन् ।
‘यो समुदायलाई लोप हुन दिनु हुँदैन’, सभामुख घिमिरेले भने–‘उनीहरुको संस्कृति र संस्कारलाई जगेर्ना गर्नु पर्छ । हराएका समुदायलाई संरक्षण गर्नु पर्छ । विकास निर्माणमा लगाउनु पर्छ ।’
उनले जाति जातिबीचको एकता भड्काउन खोज्ने तत्वहरुदेखि सबै समुदाय सजग रहनु पर्ने बताए । कार्यक्रमले नेपाल र भारतको कुटनीतिक सम्बन्ध बढाउन झन बल पुग्ने उनको भनाइ छ ।
उनले मेचे समुदायको नयाँ भवनको उद्घाटनसँगै जग्गादाता, २०८० को एसईई र रोजा ९धर्म० का गुरुलाई सम्मान समेत गरेका थिए ।
सोही अवसरमा रोजा बुद्वलाल मेचे, भवनका लागि १२/१२ धुर जग्गा दिने जग्गादाता नरेन्द्र मेचे गच्छम, विशु मेचे, २०८० को एसईईमा ३।१४ जीपिए ल्याउने आइस्ता मेचे लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा मेचीनगरपालिकाकी उपप्रमुख मीना उप्रेती, बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाई, प्रधानमन्त्रीका स्वकीय सहसचिव रोश्नी मेचे, भारतका पूर्व प्रतिनिधि सभा सदस्य सांसुमा खुंगुर बासुमाथारी, महिला मेचे उत्थान संघकी अध्यक्ष नुमा मेचे, नेपाली कांग्रेस मेचीनगर सभापति सुदय पनेरु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा आसाम बोर्डर टोरेन्टोकी गायिक हिमा बसमति लगायतले आफ्नो समुदायको गीत तथा नित्यहरु प्रस्तुत गरेका थिए ।
मेचे समाज शिवियारी आफातका अध्यक्ष विरेन मेचेको अध्यक्षतासहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । उपाध्यक्ष सीता श्रेष्ठ मेचेले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव कालु मेचे र सचिव महेश मेचेले संयुक्त रुपमा गरेका थिए ।
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...

