चन्द्रगढी विमानस्थलमा विमान अवतरण गर्न नसक्दा यात्रुहरुमा रुवाबासी

झापा । बेजोड हावाहुरीका कारण चन्द्रगढी विमानस्थलमा यति एयरलाइन्सको विमान अवतरण गर्न नसकेपछि यात्रुहरुमा रुवाबासी चलेको छ ।
काठमाण्डौबाट दिउँसो २ बजेको समय तालिका रहेको यति एयरलाइन्सको एटीआर विमान ढिलोगरी उडान भर्दै दिउँसो ४स्२० बजेतिर चन्द्रगढी विमानस्थलमा आइपुगेको थियो ।
चर्को हावाहुण्डरीका कारण पहिलो प्रयासमा अवतरण गर्न नसकेपछि सो विमानले करिव १० मिनेटसम्म आकाशमै होल्ड गरेको थियो । त्यसपछि दोस्रो प्रयासमा मात्र विमानले सकुशल अवतरण गर्न सकेको चन्द्रगढी विमानस्थलका प्रमुख किशोरकुमार खत्रीले बताए ।
हावाहुरीले हल्लाएर विमानले विमानस्थलमा अवतरण गर्न नसकेर आकाशमै फन्को मारिरहँदा यात्रुहरु त्रसित भएका थिए ।
दोस्रो प्रयासमा बल्ल विमानले अवतरण गर्न सकेपछि यात्रुहरु रुँदै विमानबाट बाहिर निस्केको विमानस्थलका एक कर्मचारीले बताए ।

काँकरभिट्टा । मेची भन्सार कार्यालयले नौ महिनामा राजश्व...

बिर्तामोड । झापाको बिर्तामोड–३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलले...

मेचीनगर । राजवंशी समाज विकास समिति मेचीनगर– ७...

बिर्तामोड । नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा...

दमक । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी...