पर्पल किचनका सञ्चालकद्वारा प्रेस चौतारी झापाको उपचार कोषलाई सहयोग
झापा । फजुल खर्च गरेर जन्मदिन मनाउने पछिल्लो चलनलाई चिर्दै युवा व्यवसायी अजय चौधरीले आफ्नो जन्मदिनको अवसर पारेर सहयोग रकम हस्तान्तरण गरेका छन् ।
पर्पल किचन एण्ड इन्टेरियरका सञ्चालक चौधरीले प्रेस चौतारी झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।
आज बिर्तामोडस्थित प्रेस चौतारी झापाको कार्यालयमा रकम हस्तान्तरण गर्दै उनले कोषको महत्व बुझेर सहयोग रकम हस्तान्तरण गरेको बताए । उपचार कोष संयोजक भिमा शिवाकोटीले एउटामाथि अर्को ईटा थपेर मानवीय सेवाका लागि सहयोग गर्नुभएकोमा चौधरीलाई धन्यवाद दिइन् ।
कार्यक्रममा केन्द्रीय सदस्य गोपाल काफ्ले, जिल्ला अध्यक्ष प्रदिप परियार, उपाध्यक्ष सुनिरा मैनाली, पत्रकार महासंघका सहसचिव रमेश तिवारी, सदस्यहरु प्रकाश बाँनिया, अस्मिता साँखी, तिर्थ तिम्सिना, कबिचन्द्र गुरागाई, गणेश कोइराला गायतको उपस्थिति रहेको थियो ।
नयाँ कार्यसमिति निर्वाचित भएपछि उपचार कोषमा सहयोग गर्नेहरुको संख्या बढ्दै गएको छ । कोषको संयोजक शिवाकोटीले यो कार्यकालभित्र कम्तिमा १५ लाख पुराउने घोषणा गरेकी छन् ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
