इण्डो-नेपाल टि-ट्वान्टी क्रिकेट : पेनोरिस फाइनल
मेचीनगर । झापाको मेचीनगर -४ बाहुनडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो(नेपाल टि(ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस-११ फाइनल प्रवेश गरेको छ।
टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १८३ रन बनाएको थियोे । पेनोरिसका लागि सुभांकर देवनाथले सर्वाधिक ४३ रन बनाए । त्यस्तै सिन्टु देव र एमडी अहमेदले समान २७र२७ रन प्रहार गरे भने कुमार रोयले २५ तथा विनोमली रोय र अरिन्दम रक्षितले समान १७/१७ रन बनाए।
बलिङतर्फ बौद्धमोडका लागि सुजन रिजालले सर्वाधिक ४ विकेट हात पारे। त्यस्तै अमन विश्वकर्माले ३ तथा भोला रोयले २ विकेट हात पारे भने रोमसन एमडिले १ विकेट हात पारे।
१८४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा बौद्धमोडले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै मात्रै १४७ रन बनाउन सक्यो । बौद्धमोडका लागि रमजान एमडिले सर्वाधिक ४० रन बनाए। त्यस्तै सागर मजुमदारले २९ रन, रोसन शर्माले २४ तथा अमन विश्वकर्माले २२ रन बनाएका थिए। अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा बौद्धमोड सेमिफाइनल बाटै बाहिरिएको हो ।
यता बलिङतर्फ पेनोरिसका लागि राकेश रोय र सुनिल घोसले समान ३र३ विकेट लिए भने एमडि अहमेदले २ तथा करणजित शाह र बेनोमोली रोयले समान १र१ विकेट हात पारे। प्रतियोगिताको म्यान अफ द म्याच पेनोरिसका शुभांकर देवनाथ घोषित हुँदै नगद १ हजार र मायाको चिनो प्राप्त गरे।
फागुन २१ गतेबाट शुरु भएको प्रतियोगिताको फाइनल खेल चैत ४ गते सम्पन्न हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद रु ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद रु ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको मुख्य उद्देश्य बाहुणडाँगीमा क्रिकेट एकेडेमी सञ्चालन गर्ने रहेको आयोजक बाहुणडाँगी युवा क्लबले जनाएको छ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
