शिक्षामा करौडौं रकम विनियोजित हुँदा पुस्तक छाप्ने छैन रकम
मेचीनगर । मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षका लागि ३ करोड ५९ लाख ९८ हजार ५८८ रुपैयाँ शिक्षा क्षेत्रमा बजेट विनियोजन गरेको छ। तर, उक्त बजेटमा नगरस्तरीय पुस्तक ‘हाम्रो मेचीनगर’ प्रकाशनका लागि कुनै शीर्षक नराखिएको पाइएको छ।
शिक्षा क्षेत्रमा २३ वटा शिर्षकमा करोडौं बजेट विनियोजन गरेको नगरले आफैंले अनिवार्य गरेको “हाम्रो मेचीनगर” पुस्तक छपाइका लागि भने बजेट विनियोजनमा गम्भीर लापरबाही गरेको पाइएको छ।
स्थानीय शैक्षिक संस्थाहरू र पुस्तक प्रकाशनमा संलग्न व्यक्तिहरूले नगरपालिकासँग पटक–पटक अनुरोध र छलफल गरे पनि यो विषय बजेटमा समेटिएको छैन। नगरमा अध्ययनरत विद्यार्थीहरूलाई स्थानीय पाठ्यक्रम, इतिहास, कला, संस्कृति र अनुसन्धानमूलक विषयमा जानकारी दिने उद्देश्यले नगरपालिकाले अनिवार्य गरेको “हाम्रो मेचीनगर” पुस्तकको चरम अभाव रहेको शिक्षकहरू बताउँछन्।
मेचीनगरका एक शिक्षकले भने, “स्थानीय इतिहास, संस्कृति र महत्वपूर्ण शैक्षिक सामग्री संकलन गरेर पुस्तक प्रकाशन गर्ने कुरा विगतदेखि उठ्दै आएको र नगरले आफैं अनिवार्य गरेको पुस्तक छपाईका लागि बजेटमा समावेश नहुनु दुःखद छ।”
शिक्षा विज्ञहरूका अनुसार, स्थानीय पुस्तक प्रकाशनको अभावले विद्यार्थीहरूलाई मेचीनगरको मौलिक ज्ञान र इतिहास सिक्न गाह्रो पर्न सक्छ। नगरपालिका भित्र पुस्तकालयहरूलाई समृद्ध बनाउने योजनासमेत बजेटमा उल्लेख नगरिएको स्थानीय अभिभावकहरू गुनासो गर्छन्।
यस विषयमा मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीसँग हामीले ६ महिजा अगावै सम्पर्क र खबरदारी समेत गरेका थियौँ । त्यसबखत उनले भने, ‘हामीले प्राथमिकतालाई ध्यानमा राखेर बजेट विनियोजन गरेका हौँ यो वर्ष सबैलाई पुग्नेगरी पुस्तक छपाउन सकिएन, आगामी वर्ष समयमै विद्यार्थीका हातमा पुस्तक पुग्नेछ।”
तर, शिक्षा क्षेत्रमा यति ठूलो बजेट छुट्याउँदा पनि पुस्तक प्रकाशनका लागि रकम नछुट्याइनु गम्भीर लापरबाही भएको भन्दै नागरिक तहबाट आलोचना हुन थालेको छ। विद्यार्थीहरुको भविष्यमाथि स्थानीय सरकारले नै गम्भीर खेलबाड गरेको अभिभावकहरुको गुनासो छ। वार्षिक परिक्षाको तालिका सार्वजनिक भइसक्दा पनि पुस्तक नपाएका विद्यार्थीहरु भने कसरी परिक्षा दिने भन्ने अन्योलमा छन्।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
