जनसाँस्कृतिक महासंघ मेचीनगरको अध्यक्षमा पाख्रिन
मेचीनगर । नेकपा एमाले निकट राष्ट्रिय जनसाँस्कृतिक महासंघ मेचीनगर कमिटीको अध्यक्षमा चक्र पाख्रिन सर्वसम्मत चयन भएका छन् ।
राष्ट्रिय जनसाँस्कृतिक महासङ्घ, नेपालका केन्द्रीय सदस्य मोहन बि.क को प्रमुख आथित्यतामा एमाले जिल्ला कमिटी सदस्य भुपाल सिवाकोटी, राजु पोखरेल र एमाले मेचीनगर अघ्यक्ष राजु कार्कीको आतिथ्यमा आज सम्पन्न प्रथम नगर अधिवेशनबाट पाख्रिनको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
राष्ट्रिय जनसाँस्कृतिक महासङ्घ मेचीनगरको उपाध्यक्षमा पुष्प भट्टराई, महिला उपाध्यक्षमा लक्ष्मी अच्युत ढुङ्गाना, सचिवमा गम्भीरध्वज मगर र कोषाध्यक्षमा निरू खवास रहेका छन् । त्यस्तै कमिटीको सदस्यहरूमा रामजी विष्ट, राजेश राई, सोम तोलाङ्गी, अनक भुजेल, दुर्गाप्रसाद अधिकारी, लिला कार्की, गोविन्द राजबंशी र भिमा मोते रहेका छन् ।
पार्टीको राष्ट्रिय तीन महिने “जरा अभियान” अन्तर्गत मेचीनगरमा एमालेले जनता लक्षित विभिन्न कार्यक्रम गर्नुका साथै भातृ संगठनहरू चलायमान बनाउँदै धमाधम अधिवेशन सम्पन्न गरिरहेको एमाले मेचीनगर अध्यक्ष राजु कार्कीले जानकारी दिए । उनले अब एमाले वडातहमा नै पुगेर जनताको समस्या समाधानका लागि अगाडि बढ्ने बताए ।
यसअघि अपांग संघ र पुर्व प्रहरी संगठनको अधिवेशन सम्पन्न गरिसकेको छ । त्यस्तै नेपाल खेलकुद महासंघ मेचीनगर, प्रेस चौतारी नगर कमिटीलगायतको अधिवेशन तयारी चरणमा रहेको उनको भनाइ छ ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...